• सोमबार, आश्विन ६,२०८२ 05:19:47
Global IME Bank Limited

ग्राउण्ड जीरो: ब्रोकरहाउसमा फर्कियो रौनक, लगानीकर्ता भन्छन् ‘नियामकले माग पूरा गरे ३ हजार कट्छ ’

Hyundai Nepal
ग्राउण्ड जीरो: ब्रोकरहाउसमा फर्कियो रौनक, लगानीकर्ता भन्छन् ‘नियामकले माग पूरा गरे ३ हजार कट्छ ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियामित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । अघिल्लो साता नेगेटिभ सर्किटका साथ बन्द भएको बजारमा आज के होला भनेर लगानीकर्तामा कौतुहलता थियो । आज हामीले सुन्धारा तथा कमलादी आसपासका केही ब्रोकरहाउसहरु पुगेर आजको बजारको अवस्था नियाल्ने प्रयास गर्यौं ।  

आज हामी बजार नखुल्दै सुन्धारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुगेका थियौं । आज प्रि–ओपनमा बजारमा घटेको थियो । हामी ब्रोकर हाउस पुग्दा लगानीकर्ताहरु आउने क्रम जारी थियो । केही लगानीकर्ताहरु बजार नखुल्दै ब्रोकर हाउसमा आइपुगेका देखिन्थे । बजार नखुल्दै एक लगानीकर्ताले अनुमान गर्दे थिए, ‘आज पहिलो प्रहरमा बजारमा केही बिक्री दबाब देखिएता पनि अन्त्यमा सम्हालिन्छ ।’

केही लगानीकर्ता भने नेप्सेले १५ मिनेटको व्यवस्था हटाएको चर्चा गर्दै थिए । ‘अर्थ मन्त्रालयले पूँजीबजार सुधार समिति पनि बनाँउदै छ । बजार अब धेरै तल भने जाँदैन । आजबाट फर्कन पनि सक्छ,’ भीडमध्येएका एक जनाले भने ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बजारमा भने उतारचढाव चल्दै थियो । यतिकैमा एक लगानीकर्ताले ठट्योली पारामा भने ‘बजारमा डढेको पैसा पनि आउँदै छ रे है ! साथीहरु टालटुल पारेर ।’ उनीसँगै बसेकी एक महिला लगानीकर्ताले भनिन् ‘छिमेकीले लगि हाले नि ! डढेका पैसाले त छिमेकी पो धनी भए ।’ उन्ले थप्दै भनिन्  ‘ त्यही पनि अलि–अलि त आउला बजारमा ।’  

उनीसँगै बसेका लगानीकर्ताले भने, ‘होइन ए साथी ! एचआरएलले कति जति तिर्नु पर्ला ? एक घण्टामा नै साढे २ लाख कित्ता सेयर कारोबार भयो । उनीसँगै बसेका एक लगानीकर्ता भने, ‘धेरैमा २ अर्ब जस्तो होला । आज पहिलो प्रहरबाट नै बजार बढ्न थालेको छ ।’

यसै प्रसङ्गलाई जोडेर एक लगानीकर्ताले भने बजार अब थामियो । जे मा पनि पीडा भनेको पहिलो दिनमा मात्रै  हुन्छ । त्यसपछि बिस्तारै कम हुँदै जान्छ । मान्छेले पीडा भुल्दै जान्छ ।’  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने ‘बजारमा अब ६÷८ महिना अन्य उद्योग धन्दा केही चल्ने अवस्थामा छैनन् । अब लगानी आउने सेयर बजारमा नै हो । उनले थप्दै भने, ‘खेलाडी पनि कसरी निस्कन सक्छन् यस्तो बजारमा ? बजार नबढाई त खेलाडीलाई पनि सुखै छैन ।’

यस बेलासम्म दिनको १२ बज्दै थियो । बजार ३० अंक जस्तै बढ्दै थियो । लगानीकर्ताहरुले अघिल्लो साता घटेको पोर्टफोलियो रिकभरी होला वा नहोला भन्ने जिज्ञासा राख्दै थिए ।  

यहाँबाट हामी कमलादीमा रहेको श्रीहरी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५६) मा पुग्यौं । हामी सुन्धाराबाट कमलादी पुग्दासम्म बजार ७५ अंकले बढेको थियो । यहाँ पनि लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे । यहाँ भेटिएका लगानीकर्ताहरु राजनीतिक विषयमा गफगाफ गर्दै थिए ।  

यतिकैमा एक लगानीर्ताले अर्थ मन्त्रालय र धितोपत्र बोर्डले पहल गरेको कारण बजार थामिएको बताए । उनले थप्दै भने, ‘१५ मिनेट हटाउन नेप्सेले त गाह्रो मान्दै थियो । अब त बजार सकरात्मक होला जस्तो छ । आज बिहान सेयर किन्न सकिएन ।’ एक लगानीकर्ताले पछाडिको पंक्तिबाट सेयर किन्ने मौका आाएको बताए । केही लगानीकर्ताहरुले आज बेचेको पैसाले दशैं मान्न पाउने चर्चा गर्दै थिए । केहीले भने मंगलबारसम्म बेचेको पैसाले दशैं मान्न भ्याउने बताएको सुनियो ।  

केही समयपछि हामी कमलादीमा नै रहेको मल्ल एण्ड मल्ल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ११) मा पुग्यो । यस बेलासम्म बजार १ सय अंक भन्दा बढी अंकले बढेको थियो । यतिकैमा एक लगानीकर्ता भने ‘यसरी बजार दिनकै एक सय अंकले बढ्यो भने त नेप्से फेरी छिट्टै ३ हजार पुग्छ ।’ त्यसपछि ब्रोकरहाउसमा हाँसो गुन्जियो ।  

अघिल्लो साता निकै पीडामा भेटिएका लगानीकर्ताहरुको मूहारमा आज भने हाँसो र खुसियाली देखिन्थ्यो । यतिकैमा एक लगानीकर्ताले मोबाइमा समाचार देखाउँदै भने ‘लौ साथीहरु २५ करोडको क्याप पनि हटाउने विषय रहेको छ रे । साँचिच्कै २५ करोडको क्याप हट्यो र बैंकलाई कारोबार गर्न सहज भयो भने बजारले ३ हजार त पक्कै पार गर्छ ।’ ब्रोकरहाएसमा यस्तै गफगाफ चल्दै थिए । लगानीकर्ताहरु निकै प्रफूल्लित देखिन्थे ।

ब्रोकरहाउसमा आज अघिल्लो साता १६० अंकले घटेको बजार बढेर सकरात्मक सर्किट लाग्ने सक्ने चर्चा पनि हुँदै थियो । केहीले गत साता बजारमा चलखेल गरेर बजार घटाईएको कारण गत बिहिबारको कारोबार रद्द गर्न माग पनि गरेको सुनिन्थ्यो ।  

यहाँबाट हामी चारखालस्थित क्यापिटल म्याक्स सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार हेर्नमा मस्त देखिन्थे । यहाँ भेटिएका केही लगानीकर्ताहरुले आज बजारमा साना लगानीकर्ताहरु भन्दा पनि संस्थागत र परिपक्क लगानीकर्ताले सेयर किनेको देखिने प्रक्षेपण गर्दै थिए ।

केहीले भने टेक्निकल चार्ट हेर्दै २६६० विन्दु माथी लागे पछि बजार बढ्ने पक्का हुने तर्क गर्दै थिए । आज बजार एकनासले बढेको बजारमा लगानीकर्तामा खुसीयाली छाएको देखिन्थ्यो ।  

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.