• सोमबार, आश्विन ६,२०८२ 05:14:15
Global IME Bank Limited

लगानीकर्ताले भेटे पूँजीबजार सुधार कार्यदलका संयोजक, बैंक वित्तीय संस्थालाई निर्वाध कारोबार गर्न दिन माग

Hyundai Nepal
लगानीकर्ताले भेटे पूँजीबजार सुधार कार्यदलका संयोजक, बैंक वित्तीय संस्थालाई निर्वाध कारोबार गर्न दिन माग
Shivam Cement

काठमाण्डौ । लगानीकर्ताका छाता संगठनहरुले अर्थ मन्त्रालयबाट गठित पुँजी बजार सुधार कार्यदललाई २३ बुँदे सुझाव पेश गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदल गठनलाई शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले आज संगठित ज्ञापनपत्र बुझाउँदै पुँजीबजार सुधारका लागि सुझाव दिएका हुन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ज्ञापनपत्रमार्फत लगानीकर्ताका छाता संगठनहरुले बैंक तथा वित्तीय संस्थाहरुले पहिले नै विभिन्न कर तिरेर वितरण गरिने बोनस तथा नगद लाभांशमा थप ५ प्रतिशत करको दोहोरो भार खारेज गर्न माग सुझाव दिएका छन् ।  

साथैं बैंक तथा वित्तीय संस्थाहरूलाई दोश्रो बजारमा निर्वाध रूपमा शेयर खरिद÷बिक्री गर्ने व्यवस्था मिलाइनुपर्ने समेत लगानीकर्ता संगठनहरुले माग राखेका छन् ।  

कार्यदललाई उनीहरुले बुझाएका माग यस्ता छन्:

१.बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगततर्फ प्रदान गर्ने ऋणमा हाल कायम रहेको २५ करोडको सीमा तत्काल खारेज गरिनुपर्ने।

२.विद्यमान पूँजीगत लाभकरलाई समायोजन गर्दै दीर्घकालीन लगानीकर्ताका लागि ३ र अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत कायम गरिनुपर्ने ।

३. शेयर बिक्री गर्दा नाफामा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर मानेर आर्थिक ऐनमार्फत स्पष्ट व्यवस्था गरी वर्षौंदेखि लगानीकर्तामा रहेको अन्योलता हटाऊनुपर्ने ।

४.बैंक तथा वित्तीय संस्थाहरूलाई दोश्रो बजारमा निर्वाध रूपमा शेयर खरिद/बिक्री गर्ने व्यवस्था मिलाइनुपर्ने ।

५.धितोपत्र कारोबारमा लाग्ने सबै प्रकारका शुल्कलाई समयानुकूल परिमार्जन गर्दै, शेयर खरिद वा बिक्री गर्दा लाग्ने दोहोरो कमिशन प्रणालीलाई हटाई एकतर्फी कमिसनको व्यवस्था गरिनुपर्ने ।

६.कारोबार प्रणालीमा लगानीकर्ताले राखेको आदेश (खरिद/बिक्री) अनावश्यक खण्डीकरण भई उच्चतम कमिसन तिर्नुपर्ने समस्या समाधान गर्दै, दिनभरको जम्मा कारोबारलाई आधार मानी एकमुष्ट कमिसन तिर्ने व्यवस्था गरिनुपर्ने ।

७.बैंक तथा वित्तीय संस्थाहरूले पहिले नै विभिन्न करहरू तिरेर वितरण गरिने बोनस तथा नगद लाभांशमा थप ५ प्रतिशत करको दोहोरो भार खारेज गरिनुपर्ने ।

८. लघुवित्त संस्थामा लाभांश वितरणको हालको २५ प्रतिशत सीमा खुला अर्थनीतिको सिद्धान्त विपरीत भएकाले यसलाई वास्तविक नाफा र वित्तीय क्षमताअनुसार लाभांस वितरण गर्न दिनुपर्ने ।

९. धितोपत्र दलाल व्यवसायको कार्यक्षेत्र विस्तार गरी देशभरका ७७ वटै जिल्लाबाट कारोबार सञ्चालन गर्नसक्ने व्यवस्था मिलाइनुपर्ने

१०. हालको अनलाइन प्रणालीप्रति लगानीकर्ताहरूमा व्यापक असन्तुष्टि रहेकोले अन्तर्राष्ट्रिय स्तरमा टेस्टेड, ट्रस्टेड, क्रस बोर्डर मान्यताप्राप्त अत्याधुनिक प्रणालीको व्यवस्था गरी नेप्सेको पुनःसंरचना तथा आधुनिकीकरण गर्नुपर्ने ।

११. नयाँ स्टक एक्सचेञ्जले प्रतिस्पर्धा बढाई सेवा गुणस्तर बढाऊन, कम्पनीहरूको सूचीकरण सहज बनाऊन,लगानीकर्ताको पहुँच बढाऊन, पारदर्शिता तथा दिगोपना सुनिश्चित गर्न पूँजी बजारलाई आधुनिक र अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स प्रकृया अगाडि वढाईनुपर्ने ।

१२.साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबार शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने ।

१३.नेपाल स्टक एक्सचेञ्जले अध्ययन गरिरहेको नयाँ वित्तीय औजारहरू अप्सन मार्केट, फ्युचर मार्केट, इन्ट्राडे ट्रेडिङ र सर्ट सेल जस्ता आधुनिक कारोबार प्रणाली तुरुन्त कार्यान्वयन गरिनुपर्ने ।  

१४. पूँजी बजार र शेयर मूल्यलाई प्रभावित गर्ने नीति तथा नियम लागू गर्दा लगानीकर्तालाई पूर्वजानकारीसहित पर्याप्त समय दिनुपर्ने व्यवस्था मिलाईनुपर्ने ।

१५.डिजिटल केवाइसी पूर्णरूपमा लागू गरी भौतिक केवाइसी प्रक्रिया समाप्त गर्नुका साथै ब्रोकर केवाइसीमा राष्ट्रिय परिचय पत्र अनिवार्य नगराईयोस ।

१६.धितोपत्र बजारसम्बन्धी अनुसन्धान तथा प्राविधिक विश्लेषणका लागि धितोपत्र बोर्डले स्पष्ट मापदण्ड बनाई अध्ययन÷विश्लेषण गर्ने व्यवस्था मिलाऊनुका साथै सरकारी उच्च पदाधिकारीहरूले बिना गहन अध्ययन नकारात्मक अभिव्यक्ति दिन नपाउने कार्यविधि निर्माण गरिनुपर्ने ।

१७.पूँजी बजारसम्बन्धी नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायले ल्याऊने नीति दीर्घकालीन हुने गरी ल्याईनुपर्ने ।

१८.वाणिज्य बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखी कर्जा प्रवाह गर्दा पीई रेसियो, बुक भ्यालु, इपीएस लगायतका वित्तीय सूचकलाई आधार मानी स्थिर नीति कायम गरी त्यसअनुसार ऋण प्रवाहको व्यवस्था गरिनुपर्ने ।

१९.गैरआवासीय नेपालीले लगानी र नाफा सहजै बाहिर लैजान नसक्ने कानुनी अड्चन हटाई, उनीहरूलाई आकर्षित गर्ने सहज र पारदर्शी व्यवस्था गरिनुपर्ने ।

२०. नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्तता, आवश्यक अधिकार प्रदान गरी सक्षम, पारदर्शी र आधुनिक अभिभावकीय नियामक संस्थाका रूपमा विकास गरिनुपर्ने ।

२१. बोनस शेयर वितरणमा लाग्ने कर सम्बन्धित कम्पनीले नै वहन गर्ने व्यवस्था गरिनुका साथै, प्लेजमा रहेका शेयरहरूको नगद लाभांश पनि सोही कम्पनीले सम्बन्धित शेयरधनीको बैंक खातामा स्वतः समयमै जम्मा हुने व्यवस्था गरिनुपर्ने ।

२२. शेयर बजारसम्बन्धी सूचना प्रवाह गर्दा सामाजिक सञ्जालमा आधारभूत वा प्राविधिक विश्लेषणको नाममा विभिन्न कम्पनीहरूको बारेमा बढाइचढाइ गरिएको प्रचार, भ्रामक विश्लेषण वा गलत जानकारी प्रसार गर्ने व्यक्ति वा संस्थालाई नियन्त्रण गर्न स्पष्ट कानुनी व्यवस्था गरी प्रभावकारी निगरानी तथा दण्डात्मक कारबाही गर्ने व्यवस्था गरिनुपर्ने ।

२३.विगतमा दोश्रो बजारमा कारोवार गरिरहेका सुचिकृत ईन्भेष्टमेन्ट कम्पनीहरूलाई पुनः दोस्रो बजारमा लगानी गर्न नेपाल धितोपत्र बोर्डले सहज वातावरणको सुनिश्चितता गरिनुपर्ने।

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.