काठमाण्डौ । नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा असोज २७ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।