काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ। सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन् ।
यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क (रु. ५००) मिनाहा गरिएको छ । यसैगरी, दसैं-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ ।
फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy मा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।
साथै रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा 'नेपाल टेलिकम एप' प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।
विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझबढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको रहेको छ ।