• सोमबार, आश्विन ६,२०८२ 06:45:58
Global IME Bank Limited

‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने इजरायलको चेतावनी

Hyundai Nepal
‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने इजरायलको चेतावनी
Shivam Cement

काठमाण्डौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने कडा चेतावनी दिएका छन् । आइतबार बेलायत, क्यानडा र अष्ट्रेलिया गरी तीन देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेसँगै नेतान्यहुको यस्तो चेतावनी आएको हो ।  

नेतान्हुले यी देशको उक्त मान्यतालाई कडा शब्दमा विरोध गर्दै जोर्डन नदीको पश्चिममा प्यालेस्टाइन नामक कुनैपनि राज्य नबन्ने बताएका छन् । इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी बयानमा उक्त कदमलाई आतंकवादलाई पुरष्कृत गरेको रुपमा व्याख्या गरिएको छ । नेतान्हुले आफ्नो अमेरिका भ्रमणपश्चात यी देशहरुलाई जवाफ दिने समेत बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गाजामा चलेको लडाईका बीच एकपछि अर्को देशले प्यालेस्टाइनलाई मान्यता दिईरहेका छन् । जुन इजरायलका लागि ठूलो झट्का हो । इज।ायलले गाजामा सैनिक अभियान चलाईरहेका बेला प्यालेस्टाइनलाई विभिन्न देशले मान्यता दिईरहेका छन् । इजरायले लगातार गाजामा रहेकालाई तुरुन्तै उक्त स्थान छोड्न चेतावनी दिईरहेको छ । यस क्रममा थुप्रैले ज्यान गुमाईसकेका छन् ।  

इजरायलले गाजामा सम्पूर्ण नियन्त्रण राख्न चाहेको छ । उसलाई अमेरिकाले समेत साथ दिईरहेको छ ।    

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.