काठमाण्डौ । Shining Business Management Pvt. Ltd. ले शुक्रबार काठमाडौंमा आयोजना गरेको “Shining Excellence 2025: ISO Recognition & Felicitation Ceremony” मा चार नेपाली संस्थाहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीको मापदण्ड ISO 9001:2015 (UK Board) प्रमाणपत्र प्रदान गरिएको छ।
समारोहमार्फत Nepal Glow and Sign Pvt. Ltd., Kafal Care Pvt. Ltd., Radiant Unisex Salon & Training Centre र Saraswoti Media Pvt. Ltd. लाई सम्मान गर्दै प्रमाणपत्र हस्तान्तरण गरिएको हो।
Shining Business Management Pvt. Ltd. का CEO प्रभिन एल.जी. ले सम्मानित कम्पनीहरूलाई ISO 9001:2015 प्रमाणपत्र प्रदान गर्दै भने,“यी कम्पनीहरूले गुणस्तर र नवीनताको प्रतिबद्धता मार्फत नेपाली उद्योगलाई विश्वस्तरीय स्तरमा पुर्याउने क्षमता देखाएका छन्। ISO प्रमाणपत्रले उत्कृष्टता कायम राख्ने र ग्राहकलाई विश्वासिलो सेवा दिने वाचा बोकेको छ।”
कार्यक्रममा प्रमुख अतिथिहरूको सम्बोधन, सांस्कृतिक प्रस्तुति तथा नेटवर्किङ सेसन समेत समावेश गरिएको थियो। यसले गुणस्तर र दीगो विकासलाई प्रवर्द्धन गर्ने उद्यमहरूलाई प्रोत्साहन गरेको आयोजक संस्थाले जनाएको छ।
Shining Business Management Pvt. Ltd. नेपाल र विदेशमा संगठनहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्षता, गुणस्तर र विकासमा सहयोग पुर्याउने एक अग्रणी ISO प्रणाली प्रमाणन तथा व्यवसाय परामर्शदाता संस्था हो।