Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

दोहोरो अंकले बजार घट्दा ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन र नेपाल रिको सर्वाधिक कारोबार

Global IME Bank Limited
दोहोरो अंकले बजार घट्दा ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन र नेपाल रिको सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।  

नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३० विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड २८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा रहेका १३ उपसमूहमध्ये हाइड्रोपावर र अन्य उपसमूह मात्रै बढेका छन् भने बाँकी सबै उपसमूह रातम्मे भएका छन् । बीमा समूहका दुईवटै उपसमूह घटेका छन् । ।  

जीवन बीमा समूह ०.७३ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले घटेको छ । आज ७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ।  

सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको ४.४४ प्रतिशतले बृद्धि भई ६८२ रुपैयाँपुगेको छ, भने नेपाल रिइन्स्योरेन्सको ४.१८ प्रतिशतले बृद्धि भई ७४६ रुपैयाँपुगेको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.१७ प्रतिशत सानिमा रिलायन्स लाइफको १.१० प्रतिशत, सन नेपाल लाइफको ०.८९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.४६ प्रतितश र नेशनल लाइफको ०.१६ प्रतिशतले बृद्धि भएको छ ।  

आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा शिखर इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ २.५० प्रतिशतले घटेर ७४१ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.३७प्रतिशत, युनाइटेड अजोडको २.१३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८३ प्रतिशत, सिटिजन लाइफको १.७० प्रतिशतले सेयरभाउ घटेको छ ।  

यसैगरी, एनएलजी इन्स्योरेन्सको १.६७ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.४९ प्रतिशत, हिमालयन लाइफको १.४३ प्रतिशत र आइएमई लाइफको १.२७ प्रतिशतले सेयरभाउ घटेको छ ।  

यसका साथै सलिकोको १.२६ प्रतिशत, सूर्यज्योति लाइफको १.१३ प्रतिशत, नेको इन्स्योरेन्सको १ प्रतिशत, एशियन लाइफको ०.९६ प्रतिशत, नेपाललाइफको ०.८९ प्रतिशतले सेयरभाउ घटेको छ ।  

यस्तै प्रभु इन्स्योरेन्सको ०.८५ प्रतिशत, नेपालइन्स्योरेन्सको ०.७२ प्रतिशत, एलआईसी नेपालको ०.७० प्रतिशत, सानिमा जीआईसीको ०.६२ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.४३ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सेयरभाउ बढेसँगै बीमाकम्पनीहरुमध्ये नेपाल रि र हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । हिमालयन रिको ५६ करोड ७९ लाख रुपैयाँ र नेपाल रिको २० करोड १३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.