शुक्रबार, आश्विन १७,२०८२ 10:08:58
IME remit
  • शुक्रबार, आश्विन १७,२०८२ 10:08:58
IME remit
Global IME Bank Limited

गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरीलाई विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन

Hyundai Nepal
गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरीलाई विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन
Shivam Cement

काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले संभावित विपद् जोखिम न्यूनीकरण र तत्काल प्रभावकारी प्रतिकार्यका लागि नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आज उनी नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुसीमा निरीक्षण भ्रमण गर्नुभएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले कृत्रिम विपद् उद्धार अभ्यास प्रदर्शन अवलोकन गर्नुका साथै विपद् उद्धार सामग्री भण्डार र यससम्बन्धी गतिविधिहरूबारे जानकारी लिएका थिए।

कार्यक्रममा बोल्दै अर्यालले भने, “सीमित स्रोतसाधन र तालिमको अभाव भएतापनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निरन्तर कार्य गर्दै आएको छ, जुन प्रशंसनीय छ।”

उनले जनधनको सुरक्षा र क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च मनोबलका साथ, जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए।

त्यसैगरी, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले कार्यक्रममा विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी, विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्यकता र भावी योजनाबारे प्रस्तुतीकरण प्रस्तुत गरेका थिए।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.