सोमबार, श्रावण ११,२०८३ 10:46:48
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:46:48
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री कार्यालय पनि बोल्यो: 'अति भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू'

प्रधानमन्त्री कार्यालय पनि बोल्यो: 'अति भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू'
New Office

काठमाण्डौ । असोज २० गतेसम्म देशका धेरै भूभागमा भारी वर्षा हुने पूर्वानुमानका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यो जानकारी कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सार्वजनिक गरेको छ।

विज्ञप्तिमा उल्लेख छ कि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय रहने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। यसका कारण नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्न सक्छ र बाढी, पहिरो, डुबान, कटान तथा भूक्षयजस्ता विपद् जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।

विशेषगरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, काठमाडौं उपत्यका, पूर्वी तराईका जिल्लाहरू उच्च जोखिममा रहेका छन्। बागमती प्रदेशमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन; कोशी प्रदेशमा संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ; र मधेश प्रदेशमा बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाहरूमा बाढी–पहिरोको सम्भावना रहेको छ।

प्रधानमन्त्री कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ। साथै स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक र सरोकारवाला निकायलाई पूर्वतयारी, राहत तथा उद्धारका लागि तत्पर रहन निर्देशन दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “वर्षा र बाढी–पहिरोका घटनाबाट जनधनको क्षति न्यूनिकरण गर्न सकिने गरी सचेतना र तयारीलाई उच्चतम तहमा पुर्‍याउन सबैले आफ्नो भूमिका निर्वाह गर्न आवश्यक छ।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.