काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स, म्युचुअल फण्ड र व्यापार समूह मात्रै बढेका छन्, भने १० समूह राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५० प्रतिशत र निर्जीवन बीमा समूह पनि ०.३१ अंकले घट्न पुगेको छ ।
आज ७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने तथा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.०२ प्रतिशतले बढेर ८५८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको ०.९० प्रतिशत, शिखरको ०।७० प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, सलिकोको ०.४४ प्रतिशत, नेपाल लाइफको ०.३३ प्रतिशत र हिमालयन लाइफको ०.२२ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने तथा सेयरमूल्य घट्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.०२ प्रतिशतले घटेर ५३३ रुपैयाँ पुगेको छ ।
यसका साथै सानिमा जिआइसीको १.२१ प्रतिशत, सन नेपाल लाइफको १.१२ प्रतिशत, एलआइसी नेपालको १.०९ प्रतिशत, रिलायबल नेपाल लाइफको १ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८६ प्रतिशत, नेशनल लाइफको ०.७२ प्रतिशत, एनएलजीको ०.६३ प्रतिशत, हिमालयन रि को ०.६३ प्रतिशत, नेपाल रि को ०.५१ प्रतिशत, हिमालयन एभरेष्टको ०.५० प्रतिशत, सुर्यज्योति लाइफको ०.४७ प्रतिशत, युनाइटेड अजोडको ०.३८ प्रतिशत, आइएमई लाइफको ०.१३ प्रतिशत, आरबीसीएलको ०.०७ प्रतिशत, सिटिजन लाइफको ०.०६ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                