काठमाण्डौ । नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्सल १ करोड ५० लाख सहयोग गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले असोज २१ गते मंगलबार बिहान अर्थमन्त्रीलाई सो कोषमा जम्मा हुने गरी १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको र सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माण, आर्थिक पुनरुत्थान र राहात लगायतका कार्यका लागि नेपाल सरकारले भौतिक पूर्वाधार पुननिर्माण कोष स्थापना गरेको थियो । विभिन्न दाताहरुबाट सो कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।
