बुधबार, असार १०,२०८३ 11:41:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:41:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक, पर्यटक आगमन वृद्धि गर्न निजी क्षेत्रसँग सहकार्य

Laxmi Sunrise Bank Limited
पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक, पर्यटक आगमन वृद्धि गर्न निजी क्षेत्रसँग सहकार्य

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्‍याउनेछ ।

‘पर्यटनको वर्तमान स्थिति र पुनर्रुत्थानका रणनीतिहरू’ विषयमा पर्यटनका विभिन्‍न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आइतबार काठमाडौंमा आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा टुरिजम् इन्साइट्स सार्वजनिक गरिएको हो । बोर्डका अनुसन्धान विभागका अधिकृत कविन्द्र भट्टका अनुसार, प्रकाशनमा आगन्तुक संख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आय र प्रत्यक्ष विदेशी लगानीका तथ्यांकहरू समेटिएका छन् ।

साथै, संयुक्त राष्ट्र पर्यटन संगठन र विश्व यात्रा तथा पर्यटन परिषद् जस्ता अन्तर्राष्ट्रिय निकायका तथ्यांक र प्रवृत्तिहरू पनि समावेश गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डको ‘टुरिजम इन्साइट्स’ले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्यांक र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

यसका साथै उनले हालको संकटपछि पर्यटन क्षेत्रको सुरक्षामा बोर्डले गरेका प्रयासहरू र नेपाललाई सुरक्षित गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत गर्नका लागि चालिएका कदमहरूबारे जानकारी दिए ।  

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्रसँगको सहकार्यमा थप समन्वय आवश्यक रहेको र सरकारलाई पर्यटनको महत्वबारे थप प्रष्ट पार्नुपर्ने सुझाव दिएका छन् । बोर्ड सदस्य ऋषि भण्डारीले विगतका सरकारहरूले पर्यटनको उत्थानका लागि केही चासो दिएको भए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको चिन्ता व्यक्त गरे ।

त्यसैगरी पाटाका महासचिवसमेत रहेका बोर्ड सदस्य नरेन्द्र भट्टले संकटको समयमा दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नुपर्नेमा जोड दिए । 

त्यसैगरी बोर्ड सदस्यसमेत रहेका नाटाका अध्यक्ष कुमार थपलियाले भारतलगायत प्रमुख बजारमा प्रबर्द्धनका लागि बजेटमा कार्यालय खोल्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै र कानुनी चुनौतीका कारण बोर्डले सबै काम प्रभावकारी रूपमा गर्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

साथै, होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको समस्या औँल्याउँदै सामूहिक प्रयासका आवश्यकता औंल्याए ।  

पाटाका अध्यक्ष खेम लकाई,टानका अध्यक्ष सागर पाण्डे, सोटोका अध्यक्ष मानबहादुर शाही, ग्रामीण पर्यटन प्रबर्द्धन मञ्चका महासचिव चोपेन्द्र खड्का, पाटाका सीईओ सुरेश बुडाल,सीएनआईको पर्यटन विभागका पम्फा धमलालगायत निजी क्षेत्रका प्रतिनिधिहरुले नेपाललाई सुरक्षित गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रवर्द्धन गर्न, विदेशी इन्फ्लुएन्सरलाई आमन्त्रण गर्न र सरकारसँग टास्कफोर्स गठन गरी संकट सामना गर्न सुझाव दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.