मंगलवार, आश्विन २८,२०८२ 08:49:20
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 08:49:20
IME remit
Global IME Bank Limited

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ८.६% ले बढ्यो

Hyundai Nepal
आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ८.६% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी

आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ ।  

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।

Shivam Cement
Bizshala
CG Motors

आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई रु.३०५ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, हवाइजहाज स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन, लसुनलगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले वृद्धि भई रु.२५७ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२७ अर्ब ७५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.२९ अर्ब ९३ करोड बराबरको भएको थियो ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.