काठमाण्डौ । विमान निर्माता कम्पनी बोईङले उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले प्रतिमहिना ४२ वटा ७३७ म्याक्स उत्पादन गर्ने भएको हो । अमेरिकी उड्डयन नियामक फेडरल एभियसन(एफएए)ले सन् २०२४ जनवरीदेखि लागू गरेको प्रतिमहिना ३८ वटा विमान उत्पादनको सीमा हटाएसँगै कम्पनीले उत्पादन क्षमता बढाउन लागेको हो ।
न्यू अलास्का एयरलाइन्सको ७३७ म्याक्स९ मा समस्या देखिएपछि एफएएले कम्पनीको उत्पादनमा सीमा तोकेको थियो । उक्त विमानमा चारवटा मुख्य बोल्टहरु मिसिङ थियो ।
उत्पादनमा लाग्दै आएको सीमा हटेसँगै सुरक्षा संकटको सामना गर्दै आएको विमानले राहत महशुस गर्ने जनाइएको छ ।