आईतवार, बैशाख १४,२०८२ 02:59:03
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 02:59:03
IME remit
Global IME Bank Limited

एनसेलको इण्डिया रोमिङ् प्याकमा होली छुट अफर

Hyundai Nepal
एनसेलको इण्डिया रोमिङ् प्याकमा होली छुट अफर
Nabil Bank Limited

काठमाण्डौ एनसेलले फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा होली अफर ल्याएको छ । यस अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट दिएको छ । यो अफरमार्फत ग्राहकहरूले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

आज शुक्रबार (चैत ९)बाट सञ्चालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित रु १०० पर्ने इण्डिया रोमिङ् प्याक अब मात्र रु ७५ सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याकलिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्छन् ।  

 होलीपर्वको अवसरमा, एनसेलले विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधिको प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ । सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

 भिडियो सन्देशले पर्वलाई विषेश बनाउने र होली छुट अफरले भारत भ्रमणका बेलामा पनि ग्राहकलाई सुलभ शुल्कमा सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यो प्याक सुचारु गरेपछि प्रतिदिन रु २५ का दरले ३ दिनसम्म रोमिङ् सेवाको पहुँचबाट फाइदालिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् जसले सामाजिक सञ्जाल लगायतका माध्यमहरु मार्फत सम्पर्कमा रहिरहन मद्दत गर्दछ । साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् ।  

यो प्याकमा इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले कर सहित मात्र रु १६.४८ प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथमात्र कर सहित रु ६.३४ माएसएमएस पठाउन सकिन्छ ।

ग्राहकहरुले सजिलै एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याकलिन सक्छन् । त्यसैगरी यो प्याकअन्यमाध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहने यो प्याकग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याकलिएर होली अफरको छुटबाट फाइदा लिन सक्छन् ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.