काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।
उनलाई दशौं साधारण सभापछि रिक्त रहेको उक्त पदमा चयन गरिएको हो । संस्थाको उक्त सभाबाट ४ जना संस्थापक सेयरधनीहरु आगामी चार वर्षका लागि नियुक्त भएका छन् । नवनियुक्त हुने सञ्चालकमा उदयनारायण बराल,मदन खतिवडा,विजय कुमार दाहाल र मनिष अर्याल रहेका छन् ।

