सोमबार, कार्तिक २४,२०८२ 08:55:05
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 08:55:05
IME remit
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तद्वारा बागमती र गण्डकी प्रदेशमा समिक्षा गोष्ठी तथा तालिम सम्पन्न

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तद्वारा बागमती र गण्डकी प्रदेशमा समिक्षा गोष्ठी तथा तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेशस्तरीय बजेट समिक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । कार्तिक १८ देखि २१गते सम्म तपस होटल बत्तिस पुतली, काठमाण्डौमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरुका प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत र प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो ।  

जहाँ पहिलो दुई दिन शाखा सञ्चालन, प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावित क्षेत्रहरूका विषयमा छलफल चलाइएको थियो भने पछिल्लो दुई दिन सहभागीहरुलाई सेवा गुणस्तर सुधार, ग्राहक संरक्षण,वित्तीय व्यवस्थापन, शाखा सञ्चालन दक्षता, सेवा प्रवाह उत्कृष्टता, डिजिटल बैंकिङ र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

तालिममा प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी,सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, लेखा,वित्त तथा योजना विभाग प्रमुख आशिष गौतम, कर्जा तथा सञ्चालन विभाग प्रमुख राकेश श्रेष्ठ, सूचना प्रविधि विभाग प्रमुख मिथलेश कुमार श्रीवास्तव, जोखिम, सम्पत्ति शुद्धिकरण तथा अनुपालना विभाग प्रमुख कसालाल बिश्वासलगायत संस्थाका उच्चपदस्थ व्यक्तिहरुले कर्मचारीहरूलाई दक्षता वृद्धि, जोखिम व्यवस्थापन र डिजिटल सेवा प्रवाहमा सशक्त भएर लाग्न निर्देशन दिए ।  

तालिमको समापन सत्रमा गणेश घिमिरेले सहभागीहरूलाई लक्ष्य प्राप्ति, दक्षता वृद्धि, शाखा सञ्चालन सुधार, जोखिम व्यवस्थापन क्षमता र डिजिटल सेवा प्रवाहमा आएको सकारात्मक परिवर्तनको उच्च मूल्याङ्कन गर्दै, आगामी दिनमा अझ प्रतिबद्ध भई उत्साह र लगनशीलताका साथ कार्य गर्न हौसला प्रदान गरेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस प्रकारको समीक्षा गोष्ठी र तालिम कार्यक्रमले संस्थाका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा अझ सशक्त भई सेवा गुणस्तरमा अझ उत्कृष्ट र शाखा सञ्चालनमा थप प्रभावकारी योगदान पुर्याउन उत्प्रेरित गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.