बिहीबार, कार्तिक २७,२०८२ 08:38:33
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 08:38:33
IME remit
Global IME Bank Limited

राबा बैंक बानेश्वरबाट लुटेराले १८ केजी सुन र ५ करोड नगद सहजै लुट्नसक्नु पछाडिको कारण यस्तो ! नेतृत्वमाथि प्रश्न

Hyundai Nepal
राबा बैंक बानेश्वरबाट लुटेराले १८ केजी सुन र ५ करोड नगद सहजै लुट्नसक्नु पछाडिको कारण यस्तो ! नेतृत्वमाथि प्रश्न
Shivam Cement

काठमाण्डौ । भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले अन्धाधुन्ध गोली चलाई १९ जनाभन्दा बढीको हत्या गरेको विरोधमा भदौ २४ गते काठमाण्डौ लगायतका देशका विभिन्न क्षेत्रमा आगजनी र तोडफोडका घटनाहरु भए ।  

यो क्रममा जेनजीको हत्याबाट आक्रोशित सर्वसाधारणसँगै चोरीडकैतीमा संलग्नहरु समेत प्रदर्शनमा मिसिए र विभिन्न बैंकदेखि, कर्पोरेट हाउस, मिडिया हाउस, व्यक्तिका निजी भवन तथा सम्पत्ति, सरकारी भवन तथा सम्पत्तिमाथि छानी–छानी आक्रमण, आगजनी, तोडफोड र लुटपाट गरियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यही क्रममा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा समेत आगजनी, तोडफोड र लुटपाटको घटना भयो ।  

सोही दिन हिमालयन बैंकको बत्तीसपुतली शाखामा समेत तोडफोड, आगजनी र लुटपाटका कामहरु भए ।  

बैंकका शाखाहरुमाथिको आक्रमण र आगजनीका यी प्रमुख घटना थिए । तर यी दुईमध्ये पनि बानेश्वरको संसद भवनसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाको विशेष चर्चा रह्यो । कारण, यो शाखाबाट आन्दोलनका नाममा आएको समूहले १८ केजी बराबरको सुनका गरगहना र ५ करोडभन्दा बढी नगद लुटपाट गर्न सफल भयो ।

उस्तै, शैलीमा हिमालयन बैंकको बत्तीसपुतली शाखामा भएको आक्रमण, आगजनी र लुटपाटबाट भने तुलनात्मक रुपमा निकै न्यून क्षति भयो ।  

आन्दोलनकारीको भेषमा रहेका लुटेराहरुले हिमालयन बैंकको शाखा तोडफोड गरी, पैसा खोजे, ग्राहकले धितोको रुपमा राखेका सुनका गरगहना खोजे, तर भेटेनन् । आगो लाग्दा समेत केही नहुने विशेष खालका दराज तथा भल्टमा राखिएको नगदको ढड्डासम्म उनीहरुको पहुँच अनेक प्रयासका बाबजुद पुग्न सकेन । हातमा केही नपरेपछि रीसले आगो लगाएर हिँडे ।  

भोलिपल्ट गएर घटनास्थलमा हेर्दा व्यापक तोडफोड र आगजनी भएको थियो । तर, आगोले समेत केही गर्न नसक्ने विशेष खालको दराजमा राखिएको पैसा र सुनका गरगहनामा कुनै क्षति पुगेको थिएन । हिमालयन बैंकका एक उच्च अधिकारीले भने ः तातै थियो दराज । त्यसबेलासम्म धूँवा पनि उडिरहेको थियो । तर, खोलेर हेर्दा नगद र गरगहना सुरक्षित थियो । हामीले बेलैमा जनताको निक्षेप र धितोको रुपमा राखिएको सुनका गरगहनाको सुरक्षाका लागि लाखौं खर्च गरेर फायर प्रुफ सेफको व्यवस्था गरेकै कारण लुटेराहरुले अनेक प्रयास गर्दा पनि लुट्न पाएनन् । हाम्रो भल्ट पनि फायर प्रुफ नै थियो, जसका कारण धेरै ठूलो क्षति हुन पाएन ।  

हिमालयन बैंकले एउटा शाखामा फायरप्रुफ सेफ र भल्टमा मात्रै ६५ लाखभन्दा बढी लगानी गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

राबा बैंकमा भने ठीक उल्टो व्यवस्था

जनताको अरबौं निक्षेप तथा धितोको रुपमा स्वीकार गरिने गरगहना वा लकरको सुविधा उपलब्ध गराउने बैंकरुले विश्वस्तरीय फायर प्रुफ सेफ(आगोले समेत केही नहुने विशेष खालको बलियो दराज) र त्यस्ता सम्पत्तिको रक्षाका लागि सुरक्षित भल्ट तथा स्ट्रङ रुमको व्यवस्था गरेका हुन्छन् ।  

विश्वमै बैंकहरुले ग्राहकको सम्पत्ति सुरक्षाका लागि त्यस्ता सेफहरु तथा सुरक्षा संरचनामा लाखौं खर्च गरेका हुन्छन् । तर, जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बंैकको शाखामा चाहिँ लुटेराहरुले एउटा सहकारीमा भन्दा पनि सहज ढंगले नगद र सुन लुटेको भनियो ।  

यो घटनाको विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरोका एक उच्च अधिकारीले राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा गएर अवलोकन गर्दा यो बैंक नेतृत्वले जनताको निक्षेप र सम्पत्ति सुरक्षाका लागि कुन हदसम्मको लापरबाही गरेको थियो भन्ने देखिएको छ ।  

'सुरक्षा फिचर्स अत्यन्त कमजोर र कम रहेका सामान्य दराजमै सर्वसाधारणको निक्षेप र सुनका गरगहना राखेको पाइयो । घटना जे भयो, त्यो ठीक भएन । तर, यो घटना हुनुमा प्रमुख दोष नेतृत्वको लापरबाही पनि देखिन्छ ।' ती प्रहरी अधिकारीले बिजशालासँग भने-'सरकारी बैंकले यो हदसम्मको लापरबाही गर्नु, यसमा बैंक नेतृत्वले बेलैमा सजगता नअपनाउनु, जनताको निक्षेप र अरु बहुमूल्य सम्पत्तिलाई जोकसैले फोड्नसक्ने सामान्य दराजमै थन्काउनु जस्ता विषयले अनुसन्धानका क्रममा हामीलाई समेत चकित पारेको छ । यस्तो लापरबाही बैंकमा कसरी गरियो होला ? भनेर हामी पनि सोच्न बाध्य बनेका छौं ।'  

त्यति मात्र होइन, सो शाखाको सुरक्षाका लागि जडान गरिएको सीसीटिभी समेत निकै गुणस्तरहीन रहेको देखिएको छ । सिसीटिभी फूटेजको स्टोरेज पावर अत्यन्त कम रहेको, स्टोरेज डिस्क रहस्यमय ढंगले गायब पारिएको, सिसीटिभी फूटेज तोडफोड गर्नुअघिसम्मको फूटेजको स्टोरेज समेत हालसम्म फेला नपरेको विषयले घटनाले अर्कै मोड लिनसक्ने सम्भावना बलियो बनाइदिएको स्रोतको दाबी छ ।

यहीकारण प्रहरीले यो घटनालाई पछिल्लो समय फरक कोणबाट समेत अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानले केही चकित पार्ने र यो घटनामा ठूलै ट्वीस्ट आउनसक्ने तथ्यतर्फ संकेत गरेको समेत प्रहरी स्रोतको दाबी छ ।  

गुणस्तरहीन सुरक्षा फिचर्सको विषयमा प्रतिक्रिया लिन खोज्दा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जवाफ दिएनन् । ह्वाट्सअपमा विषयवस्तु प्रकाश पारेर हामीले म्यासेज पठायौ, तर त्यसको पनि जवाफ आएन ।  

(This is Developing Story.......)

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.