Bizshala
  • बिहीबार, पुष १७,२०८२ 01:36:30
Bizshala
Global IME Bank Limited

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा १२.२% ले वृद्धि

Hyundai Nepal
आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा १२.२% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु.७२ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो ।  

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान,अलैंची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड,चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।

CG Motors
Bizshala
Garima Development Bank

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई रु.४६८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ ।  

वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल,लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घटेको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई रु.३९५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.४० अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४४ अर्ब १३ करोड बराबरको भएको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.