काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड निष्कासन गर्न स्वीकृति पाएको छ ।
कम्पनीले ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी योजना निष्कासनको लागि मंसिर ९ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले अंकित १ अर्ब रुपैयाँबराबरको रु. १० अंकित दरका १० करोड इकाई बिक्री गर्न अनुमति पाएको छ ।

