काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले ग्राहकहरुको इन्गेजमेन्ट इफोट बलियो बनाउन सेल्स टिमका कर्मचारी कटौती गर्ने जनाएको हो ।
यो घोषणाबाट न्यून संख्यामा मात्रै कर्मचारी प्रभावित हुने समेत कम्पनीले प्रष्ट पारेको छ ।
कम्पनीले नयाँ कर्मचारी समेत निरन्तर रुपमा भर्ति गरिरहेकाले कामबाट निकालिने कर्मचारीहरुले नयाँ जिम्मेवारीका लागि आवेदन दिन सक्ने एप्पलका प्रवक्ताले बताएको रोयटर्सले जनाएको छ ।
कम्पनीको कर्मचारी कटौतीको निर्णयबाट मुख्य व्यवसाय, स्कुल र सरकारी एजेन्सीहरु सम्हालिरहेका अकाउन्ट म्यानेजरहरु प्रभावित हुने जनाइएको छ ।
यस्तै संस्थागत छलफलका लागि ब्रिफिङ सेन्टर सञ्चालन गर्ने र सम्भावित ग्राहकलाई प्रडक्ट प्रदर्शन गर्ने कर्मचारी समेत यसबाट प्रभावित हुनेछन् । यस कदमको मुख्य टार्गेट भने एजेन्सीहरुसँग काम गर्ने सरकारी सेल्ट टिमलाई बनाइएको छ ।

