सोमबार, श्रावण १८,२०८३ 07:41:03
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:41:03
Bizshala
Global IME Bank Limited

अमेरिकाले १९ देशका नागरिकलाई जारी ग्रीन कार्ड पुनः परीक्षण गर्ने

अमेरिकाले १९ देशका नागरिकलाई जारी ग्रीन कार्ड पुनः परीक्षण गर्ने
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ देशका नागरिकलाई जारी गरिएको सबै ग्रीन कार्ड पुनः परीक्षण गर्ने घोषणा गरेको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा(युएससीआईएस)का प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति ट्रम्पले सुरक्षाको दृष्टीले संवेदनशील सूचीमा रहेका देशका प्रत्येक व्यक्तिको ग्रीन कार्ड कडाइका साथ पुनः समीक्षा गर्न निर्देशन दिएका हुन्।

यो घोषणा वाशिङ्टन डीसीमा बुधबार दुई जना नेशनल गार्ड सैनिकमाथि भएको गोली प्रहारको घटनापछि आएको हो। आक्रमणको अभियोग लागेका रहमनुल्लाह लाकनवाल सन् २०२१ मा अफगानिस्तानबाट विशेष आप्रवासन कार्यक्रम अन्तर्गत अमेरिकामा आएका थिए, जुन कार्यक्रम अमेरिकाको अफगानिस्तानबाट फिर्तीपछि अफगानहरूलाई सुरक्षा प्रदान गर्न सुरु गरिएको थियो।

राष्ट्रपति ट्रम्पले उक्त घटनालाई राष्ट्रिय सुरक्षामाथिको सबैभन्दा ठूलो खतरा भन्दै यसले विगत प्रशासनका आप्रवासन नीतिहरूको कमजोरी देखाएको टिप्पणी गरे।

यससँगै अब अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका देशका नागरिकहरुको ग्रीन कार्ड जाँच हुनेछ ।

यसैगरी, बुधबारदेखि अमेरिका सरकारले अफगान नागरिकका सबै आप्रवासन आवेदनको प्रक्रिया स्थगित गरेको छ। यो निर्णय सुरक्षा र भिसा परीक्षण प्रक्रियाको पुनःसमिक्षा नहुँदासम्म लागू रहने जनाइएको छ।

जुन महिनाको ह्वाइट हाउस घोषणामा सुरक्षा खतरा, भिसा ओभरस्टे दर, र कागजात प्रमाणीकरण क्षमताजस्ता कारणहरूलाई देश सूचीमा पर्नेको आधार बताइएको छ। घोषणाले अफगानिस्तानमा तालिबानको नियन्त्रणलाई उद्धृत गर्दै, त्यहाँ आवश्यक कागजात प्रमाणीकरण प्रणाली वा विश्वसनीय भिसा परीक्षण व्यवस्था नभएको बताएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.