सोमबार, बैशाख ७,२०८३ 09:26:26
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:26:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभू बैंकका सिनियर स्टाफसँग बोर्डको छलफल, अध्यक्षले भने- 'एकढिक्का हुनू, निरज जीलाई सहयोग गर्नू'

Bizshala
प्रभू बैंकका सिनियर स्टाफसँग बोर्डको छलफल, अध्यक्षले भने- 'एकढिक्का हुनू, निरज जीलाई सहयोग गर्नू'
Shivam Cement

काठमाण्डौ । अभूतपूर्व समस्यामा फसेको प्रभू बैंकलाई भद्रगोल हुन नदिन सञ्चालक समिति लगातार सक्रिय हुन थालेको छ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितका तीन उच्च पदस्थहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले आइतबार अपरान्ह काठमाण्डौको बिजुलीबजारस्थित मुख्य कार्यालयबाट पक्राउ गरेपछि संस्थालाई थप समस्यामा पर्न नदिन अध्यक्ष किशोरजंग कार्की लगायतका सञ्चालकहरु निरन्तर क्रियाशील छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो क्रममा सञ्चालकहरुले आइतबार राति नै आकस्मिक बैठक बसेर बैंकको कामू सीईओको जिम्मेवारी निरज लम्साललाई दिने निर्णय गरेका थिए भने सोमबार बिहानैदेखि विभिन्न निकायमा उनीहरुको दौडधूप जारी रह्यो ।  

दिउँसो २ सञ्चालक सीआईबीमा पुगेर हाल जारी अनुसन्धानका एक संदिग्ध पात्र निरज लम्साल समेत रहेको सीआईबीको सूचना पछि उनलाई तत्काल पक्राउ नगरिदिन र त्यसो भएको खण्डमा बजारमा गलत म्यासेज जाने भन्दै अनुनय गरेका थिए । ती सञ्चालकले अनुसन्धानका क्रममा आवश्यक पर्दा लम्साललाई आफूहरुले उपलब्ध गराउने बाचा कसम खाएर पुनः अरु काममा सक्रियता देखाएका थिए ।  

सञ्चालक समितिले सीईओ डिसीईओ पक्राउ परेपछि बैंकभित्र कर्मचारीहरुमै फाटो आउनसक्ने अवस्थाको विश्लेषण गर्दै सोमबार दिउँसो तीनबजे सिनियर स्टाफहरुसँग छलफल बोलाएको थियो । छलफल सुरु हुनै लाग्दा राष्ट्रबैंकले बोलाएपछि अध्यक्ष कार्की छलफल छाडेर त्यसतर्फ दौडिएका थिए । 

CG Motors
Garima Development Bank
IME remit

राष्ट्रबैंकसँग कुरा गरेर फर्किएपछि फेरि करिब साँझ ६ बजेदेखि प्रभू बैंकका सिनियर कर्मचारीहरुसँग सञ्चालकहरुको छलफल चलेको थियो । सो क्रममा सिनियर कर्मचारीहरुलाई समेत समस्या राख्न लगाइएको थियो र उनीहरुको ब्रिफिङ सञ्चालकहरुले ध्यानपूर्वक सुनेका थिए ।  

त्यसपछि अध्यक्ष कार्कीले सिनियर स्टाफहरुलाई सम्बोधन गर्दै एकढिक्का भएर काम गर्न निर्देशन दिएका थिए । उनले अहिलेलाई बैंक थप समस्यामा पर्न नदिन निरज लम्साललाई सबैले सहयोग गर्न आग्रह गरेका थिए । 'तपाईहरु एकढिक्का भएर काम गर्नुहोला, बैंकको दैनिक कार्यसम्पादनमा कतै आँच आउनुभएन ।' अध्यक्षको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'बैंक एउटा ठूलो संस्था हो । यहाँका केही व्यक्ति हिरासतमा पुग्नेबित्तिकै संस्था नै समस्यामा पर्छ भन्ने खालको भाष्य निर्माण हुन दिनुहुन्न । गल्ती गरेको भए उहाँहरु(सीईओ, डीसीइओ लगायत)ले सजाय पाउनुहुन्छ । निर्दोष साबित भए क्लिन चिट बोकेर फेरि आउनुहुन्छ । त्यसकारण यहाँ भएका साथीहरु चाहिँ एकढिक्का हुनुपर्यो । सबैले निरज जीलाई सहयोग गर्नुपर्यो ।'  

छलफल करिब एकघण्टा चलेको थियो । आजको छलफलमा अध्यक्ष कार्कीसहित सञ्चालकहरु बीर्खबहादुर बस्नेत, अंगिरमान सिंह र अम्बिका शर्मा लामिछाने सहभागी थिए । दुई सञ्चालक भने देशबाहिर रहेका खबर सुनाइएको थियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.