काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो मल्टिफोल्डिङ स्मार्टफोन ‘ग्यालेक्सी जेट ट्राइफोल्ड’ सार्वजनिक गरेको छ । यससँगै कम्पनीले फोल्डेबल फोन बजारमा बढ्दो प्रतिस्पर्धाबीच आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने प्रयास गरेको छ।
यो फोनको मूल्य ३.५९ मिलियन वन (करिब २,४४० डलर) मूल्य तोकिएको छ । यो मोडेल तीन प्यानल प्रयोग गर्छ र पूर्ण रूपमा खोल्दा २५३.१ मिलिमिटर (१० इन्च) डिस्प्लेको ठूलो स्क्रिन प्राप्त हुन्छ, जो कम्पनीको पछिल्लो ग्यालेक्सी जेट फोल्ड ७ मोडल भन्दा झन्डै २५ प्रतिशत ठूलो हो।
सामसुङका कोरिया सेल्स एन्ड मार्केटिङ हेड तथा कार्यकारी उपाध्यक्ष एलेक्स लिमले यो मोडेल थोक बिक्रीका लागि नभई विशेष माग भएका ग्राहक लक्षित उत्पादन भएको ुबताए ।
यो फोनको बिक्री दक्षिण कोरियामा डिसेम्बर १२ देखि सुरु हुनेछ । यस्तै चीन, सिंगापुर, ताइवान, युएईमा भने यसै वर्षभित्र र अमेरिकामा सम्भवतः २०२५ को पहिलो त्रैमासिकमा सुरु हुने जनाइएको छ ।
यो स्मार्टफोनमा सामसुङको सबैभन्दा ठूलो ब्याट्री प्रयोग गरिएको छ र यो सुपर–फास्ट चार्जिङ सुविधा सहित आउँछ । जसले फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्छ ।

