काठमाण्डौ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा पूर्व बैंकर नारायणदास मानन्धरको निधन भएको छ । ८२ वर्षिय मान्धरको निधन आइतबार भएको हो ।
उनको आजै दाससंस्कार समेत भईसकेको छ ।
मानन्धर विसं २०८० साउनमा प्राइम कमर्सियल बैंकको सीईओबाट अवकाश भएका थिए । उनी १६ वर्षसम्म बैंकको सीईओको रुपमा रहेका थिए । उनले २३ वर्षभन्दा लामो अवधिसम्म बैंकिङ क्षेत्रमा काम गरेका थिए । उनकै नेतृत्वमा प्राइम कमर्सियल बैंकको जन्म भएको थियो ।
उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको परामर्शदाताको रुपमा समेत काम गरेका थिए ।

