बुधबार, असार १०,२०८३ 11:42:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:42:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

Laxmi Sunrise Bank Limited
काठमाण्डौमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

काठमाडौं । काठमाडौंमा निस्शुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । बागमती प्रदेशमा पर्यटन र फोटो पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न मंगलबारदेखि दुई दिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो  पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखासँगको सहकार्यमा दुई दिने तालिम सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै परियोजना प्रबन्धक धर्मराज दवाडीले यस तालिमले नेपालका कथाहरु अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने विश्‍वास व्यक्त गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

उनले भने, ‘दिगो पर्यटन परियोजनाले मुख्य गरी तीन वटा पदमार्गहरुलाई लक्षित गरी काम गरिरहेको छ । अपि(सैपाल, मनास्लु र कञ्‍चनजंघा गरी तीन वटा पदमार्गहरुमा पूर्वाधार विकास र सेवाको गुणस्तर वृद्धिका लागि विभिन्‍न तालिम तथा अभिमुखिकरण कार्यक्रहरु सञ्‍चालन गरिएको छ । यसका साथै पर्यटन क्षेत्रमा संलग्‍न व्यक्तहरुको क्षमता अभिवृद्धि गराउँदा मानव स्रोतको अभावलाई पूर्ति गर्ने हाम्रो विश्‍वास छ ।’ पत्रारहरुलाई दिइएको यस तालिमले नेपालका पर्यटकीय गन्तव्य र पर्यटन उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमासमेत सहयोगी हुने परियोजना प्रबन्धक दवाडीले जानकारी गराएका हुन् । उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे० का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गर्दै भने, ‘सिकाइ कहिल्यै अन्त्य हुँदैन । तपाईंले आज पोखरा, अन्नपूर्ण र गण्डकीका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, तीनै तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ बलियो रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्नेछ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन् । तालिमका क्रममा प्रशिक्षक वन्तले फोटो पत्रकारिताको इतिहास, फोटो खिच्दा आवश्यक प्राविधिक ज्ञान र सिपलगायतका विषयमा जानकारी

गराएका छन् । त्यसैगरी अर्का प्रशिक्षक सुनिल चुडामणी बज्राचार्यले क्यामेराको इतिहास, क्यामरा सञ्‍चालनका प्राविधिक तरिकाहरु, फोटो फिचर तयारी र फोटोको महत्वबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा दोस्रो दिन बुधबार तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट   गराइने भएको छ । प्रशिक्षणमा बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट,काभ्रेलगायतका विभिन्‍न जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.