काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ७७ लाख ६६ हजार ८१६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

