सोमबार, श्रावण १८,२०८३ 06:58:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:58:48
Bizshala
Global IME Bank Limited

भारतलाई तेस्रो ‘होम मार्केट’ बनाउने रोल्स–रोयसको तयारी, ठूलो लगानीको संकेत

भारतलाई तेस्रो ‘होम मार्केट’ बनाउने रोल्स–रोयसको तयारी, ठूलो लगानीको संकेत
New Office

काठमाण्डौ । विमानका लागि इन्जिन निर्माण गर्ने ब्रिटेनस्थित बहुराष्ट्रिय कम्पनी रोल्स–रोयसले भारतमा ठूलो लगानी गर्ने तयारी गरिरहेको जनाएको छ। कम्पनीले भारतलाई बेलायतबाहिर आफ्नो तेस्रो ‘होम मार्केट’का रूपमा विकास गर्ने सम्भावनामा विचार गरिरहेको छ। यो पहलको उद्देश्य जेट इन्जिन, नौसैनिक , थल प्रणाली तथा उन्नत इन्जिनियरिङजस्ता क्षेत्रमा उपलब्ध अवसरको उपयोग गर्नु रहेको जनाइएको छ ।

हाल रोल्स–रोयसले बेलायतसँगै अमेरिका र जर्मनीलाई पनि आफ्नो होम मार्केटका रूपमा मान्यता दिएको छ, जहाँ कम्पनीको उत्पादन तथा निर्माण सुविधासहित सुदृढ उपस्थिति छ।

रोल्स–रोयस इन्डियाका कार्यकारी उपाध्यक्ष साशी मुकुन्दनका अनुसार कम्पनीले भारतमा नयाँ पुस्ताको एयरो इन्जिन विकासलाई प्राथमिकतामा राखेको छ। यो इन्जिन भारतको उन्नत मध्यम युद्धक विमान कार्यक्रममा निर्माण हुने लडाकु विमानहरूका लागि प्रयोग गरिनेछ। उनका अनुसार भारतीय नौसेनाको युद्धक क्षमता अभिवृद्धि गर्न इलेक्ट्रिक प्रणोदन समाधान उपलब्ध गराउन पनि रोल्स–रोयसले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मुकुन्दनले एएमसीएका लागि जेट इन्जिन विकासमा कम्पनीको सहभागिताले भारतलाई नौसैनिकका लागि स्वदेशमै इन्जिन निर्माण गर्ने क्षमतामा समेत सहयोग पुग्ने बताए।

लगानीको ठोस विवरण सार्वजनिक नगरे पनि रोल्स–रोयसले भारतमा आफ्नो उपस्थितिलाई विस्तार गर्न महत्वपूर्ण लगानीको सम्भावनालाई गम्भीरतापूर्वक हेरिरहेको जनाएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.