काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच केहीबेरअघि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यी तीन नेताबीच आगामी निर्वाचनमा एउटै पार्टीमा समाहित भई एउटै चुनाव चिन्ह लिएर अगाडि बढ्ने विषयमा ७ बुँदे सहमति भएको हो । यसअघि रवि लामिछानेले बालेन्द्र शाहसँग पनि ७ बुँदे सहमति नै गरेका थिए ।
सहमतिअनुसार कुलमानलाई रास्वपामा दोश्रो बरियताको हैसियत दिइएको छ । रास्वपामा रवि लामिछानेपछिको बरियता कुलमानले पाएका छन् भने तीनजना उपसभापति हुनेछन् । पहिलो बरियताको उपसभापति कुलमान, दोश्रो बरियताको उपसभापति डिपी अर्याल र तेश्रो बरियताको उपसभापति स्वर्णिम वाग्ले बनेका छन् ।
यसअघि बालेनसँग भएको सहमतिअनुसार आगामी निर्वाचनमा उनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर अगाडि बढ्ने सहमति भएको थियो । चुनाव जितेपछि संसदीय दलको नेता बालेन बन्ने र पार्टी सभापति चाहिँ रवि लामिछाने नै हुने उनीहरुबीच सहमति भएको थियो ।
सोमबार राति भएको कुलमानसँगको सहमतिअनुसार घण्टी चुनाव चिन्हमा निर्वाचन लड्न सबै पक्ष सहमत भएका छन् ।
कुलमान संरक्षक रहेको दल, रवि लामिछाने र बालेनबीच भएको त्रिपक्षीय सहमति यस्तो छः


