बुधबार, असार १०,२०८३ 11:36:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:36:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै सुवास चन्द्र सांघाईको लगानी, अन्य कुनको कति ?

Laxmi Sunrise Bank Limited
नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै सुवास चन्द्र सांघाईको लगानी, अन्य कुनको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्समा ५१ प्रतिशत सेयर संस्थापकको छ भने ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ ।

कम्पनीका अनुसार एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरुको संख्या १२ रहेको छ । कम्पनीमा सबैभन्दा बढी लगानी सुवास चन्द्र सांघाईको रहेको छ ।

नेपाल लाइफमा उनको मात्रै ६.०२ प्रतिशत अर्थात् ५४ लाख ३५ हजार ३७१ कित्ता सेयर स्वामित्वमा रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, दोस्रोमा गोविन्द लाल सांघाईको पनि ५.३७ प्रतिशत सेयर लगानी रहेको छ । उनको कम्पनीमा कुल ४८ लाख ४४ हजार १३० कित्ता सेयर स्वामित्वमा रहेको छ ।

यसका साथै, अनुज अग्रवालको नाममा ४.८६ प्रतिशत सेयर अर्थात् ४३ लाख ८५ हजार ८८३ कित्ता सेयर, विशाल अग्रवालको ३.५० प्रतिशत सेयर अर्थात् ३१ लाख ६० हजार ७३ कित्ता सेयर, राम चन्द्र सांघाईको ३.३० प्रतिशत अर्थात् २९ लाख ७५ हजार २५० कित्ता, पवन कुमार गोल्यानको ३ प्रतिशत अर्थात् २७ लाख ११ हजार ९४७ कित्ता र पुरुषोत्तम लाल सांघाईको २.९४ प्रतिशत सेयर अर्थात् २६ लाख ५० हजार ८६१ कित्ता सेयर स्वामित्वमा रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, बासुदेव गोल्यानको २.३८ प्रतिशत सेयर अर्थात् २१ लाख ४५ हजार ७२९ कित्ता, कविता सांघाईको १७ लाख ६८ हजार ७१६ कित्ता अर्थात् १.९६ प्रतिशत सेयर, तुलसीराम अग्रवालको १.५८ प्रतिशत सेयर अर्थात् १४ लाख २९ हजार ३६४ कित्ता सेयर, मन्जु अग्रवालको १.५२ प्रतिशत सेयर अर्थात् १३ लाख ७३ हजार २९५ कित्ता सेयर र सुशील गुप्ताको १.३२ प्रतिशत अर्थात् ११ लाख ९६ हजार ८० कित्ता सेयर स्वामित्वमा रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.