काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित भएको १६.०६ प्रतिशत नगद लाभांश(बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि)पुस २० गतेदेखि सेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत जम्मा गरेको हो ।
पुस ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको हकमा उक्त नगद लाभांश जम्मा गरिएको सेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटलले जनाएको छ । हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।
साथै, बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने समेत कम्पनीले स्पष्ट पारेको छ ।

