काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीले बिक्री गर्न लागेको सेयरको कित्ता भने खुलाएको छैन ।

