Bizshala
  • मंगलवार, पुष २९,२०८२ 07:05:32
Bizshala
Global IME Bank Limited

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

Hyundai Nepal
नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा
Shivam Cement

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।

नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो । यो बर्ष उक्त बीमालेख नविकरण गर्दै २७४ जनाको बीमा गरिएको हो । यसमा गत भदौमा थप भएका नाफिजका नयाँ सदस्य पनि समावेश छन् ।

CG Motors
Bizshala
Garima Development Bank

बीमालेख आगामी पुस ३० गते अर्थात् बुधबारदेखि लागू हुनेछ ।

यसमा कुल बीमांक रकम १९ करोड १८ लाख रूपैयाँ रहेका छ । बीमालेखअनुसार प्रतिव्यक्ति सात लाख रूपैयाँको दरले दुर्घटना बीमा भएको छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजले रिपोर्टिङ गर्न खट्ने आफ्ना सदस्यहरुलाई सुरक्षा प्रदान गर्न दुर्घटना बीमालाई निरन्तरता दिएको बताइन् । ‘हामीले गत वर्ष पनि सदस्यहरुको बीमा गरेका थियौं । त्यसमा दुर्घटनामा परेर घाइते भएका दुई जना सदस्यले दावी भुक्तानी लिनु भएको थियो’ उनले भनिन्, ‘पछिल्लो एक वर्षमा भएका विभिन्न आन्दोलनले पत्रकारहरूमा बीमाको महत्व थप बढाएको छ । फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरु त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन् । त्यसलाई मध्यनजर गर्दै सदस्यहरुको दुर्घटना बीमा नवीकरण गरेका हौँ ।’

New Office
Laxmi Sunrise Bank Limited
IME remit

बीमामा समेटीएका बीमित सदस्यहरु कुनै कारणबंश घाइत भएमा बीमाले औषधी उपचार खर्च बेहोर्नेछ ।

यस्तै, दुर्घटनाको कारणबाट भएको मृत्यु, पार्थिव शरिर व्यस्थापना तथा किरिया खर्च, काज किरिया खर्च, स्थायी पुर्ण अशक्तता, स्थायी आंशिक अशक्तता र अस्थायी पुर्ण अशक्ततालाई पनि बीमलेखले रक्षावरण गर्नेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.