बुधबार, माघ ७,२०८२ 08:21:39
Bizshala
  • बुधबार, माघ ७,२०८२ 08:21:39
Bizshala
Global IME Bank Limited
Bizshala

२६ वर्षमै जय फुयालको लोभलाग्दो सफलता, बीमा क्षेत्रमा एमडीआरटी क्वालिफाइ र इन्भेष्टमेन्ट कम्पनीको अध्यक्ष

२६ वर्षमै जय फुयालको लोभलाग्दो सफलता, बीमा क्षेत्रमा एमडीआरटी क्वालिफाइ र इन्भेष्टमेन्ट कम्पनीको अध्यक्ष
Shivam Cement

काठमाण्डौ । झट्टै सुन्दा बीमा अभिकर्ताको पेशामा लागेर ‘लाइफ स्टाइल’ नै चेन्ज हुन्छ भन्ने कुरा अपत्यारिलो लाग्न सक्छ । धेरै जसोको बीमा अभिकर्ता पेशालाई हेर्ने दृष्टिकोण अझैपनि नकारात्मक नै छ ।

बीमा अभिकर्ता पेशा सेवामूलक, आम्दानीमुखी र दीर्घकालीन भविष्य बनाउन सकिने पेशा हो । यसरी नै अभिकर्ताको पेशामा लागिसकेपछि दोलखा जिल्ला लमाकोशी गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आएका जय फुयाल (भुवन) को जीवनशैली नै बदलिएको छ ।

२०८१ साल पुष महिनाबाट बीमा क्षेत्रमा आबद्ध भएका फुयाल यो पेशाले आफुलाई थप जिम्मेवार नागरिक र अझ संवेदनशील मानव भएको बताउँछन् ।

बीमाको अर्थ मानव जीवनसँग गाँसिएको भन्ने बुझेपछि हिमालयन लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा जोडिएका उनले यो पेशाबाट भविष्यप्रति अझ सचेत मान्छे बनाएको महसुस गरेका छन् ।

साथै यो पेशाले उनले आफ्नो जीवनमा बाहिरी परिवर्तनभन्दा बढी भित्री रुपान्तरण भएको सुनाउछन् । ‘पहिला म भविष्यलाई अनुमानको आँखाले हेर्थे, तर आज म भविष्यलाई जिम्मेवारीको दृष्टिले हेर्न थालेको छु’ उनले भने, ‘यो पेशामा लागिसकेपछि मान्छेको हाँसोभित्र लुकेको डर पढ्न सिँके र शब्दभन्दा गहिरो हुने विश्वासको भाषा बुझ्न थाले, सबैभन्दा मलाई यो पेशाबाट मिलेको प्राप्ति भनेकै धैर्यताको पाठ सिकाएको छ ।’

बीमा अभिकर्ताको पेशाबाट जीवनशैली परिवर्तनसँगै मनग्य आम्दानी पनि गर्न सकिने फुयालको तर्क छ । ‘पहिले म सफलता पैसाले नाप्थे तर आज म सफलता सुरक्षित परिवारहरुको संख्याले नाप्ने गर्छु’ उनले भने, ‘एकजना ग्राहकको आँखामा देखिने निश्चितता अब मेरो सबैभन्दा ठूलो कमाई बनेको छ, आफुमा विश्वास राखी काम गर्दै जाने हो भने जुनसुकै क्षेत्रबाट पनि मनग्य कमाउन सकिन्छ, तर आफुमा आत्मविश्वास भने हुनुपर्छ ।’

Bizshala
Garima Development Bank
New Office

यसबाहेक यो पेशामा लागिसकेपछि बोल्ने शैली र सुन्ने बानीको विकास भएको उनी सुनाउछन् । ‘अभिकर्ता बनेपछि म बोल्न मात्रै होइन, सुन्न सिके र सल्लाह दिन वा सम्झाउन भन्दा पहिला आफुले बुझ्न सिकेँ’ उनले  भने, ‘बीमा बेच्नुभन्दा ठूलो काम मान्छेको जीवनमा भरोसा बसाल्नु रहेछ, त्यसकारण मैले मान्छेहरुको विश्वास जित्न सकेको छु, त्यसलाई नै म मेरो सफलता मान्छु ।’

एक वर्षअघि मात्रै हिमालयन लाइफ इन्स्योन्समा अभिकर्ताको रुपमा आबद्ध भएका फुयालले छोटो समयमा धेरै उपलब्धी पाइसकेका छन् । एक वर्षको दौरानमा बीमा क्षेत्रमा देखाएको लगनशीलताका कारण उनी सन् २०२७ का लागि एमडीआरटी क्वालिफाइड समेत भइसकेका छन् ।

सामाजिक उत्तरदायित्व पहिलो जिम्मेवारी भन्ने मूल नाराका साथ अगाडि बढेका उनी हरेक सामाजिक सेवामा अग्रसर छन् । हिमालन लाइफ इन्स्योरेन्स न्यूरोड शाखाको सिनियर एजेन्सी म्यानेजर तथा एक सफल व्यवसायी समेत रहेका फुयाल बीमितको विश्वासको पात्र बनेका छन् । उनी बीमा क्षेत्रका आर्थिक क्रान्तिका सहयात्रीमा रुपमा न्युरोड शाखाका म्यानेजर सदिप कुमार सिंक लगायतको टीम नानीमाया सापकोटा र एजेन्सी म्यानेजर रेशम गौतमलाई लिन चाहान्छन् ।

बीमा एक कागजी योजना मात्रै नभई भोलिको दिनमा आइपर्ने आर्थिक अन्धकारबाट उज्यालोतर्फ डोर्याउने एक यात्रा रहेकाले आगामी दिनमा बीमितको हक हितका लागि लडिरहने उनले संकल्प लिएका छन् ।

२६ वर्षकै उमेरमा इन्भेष्टमेण्ट कम्पनीको अध्यक्ष

अभिकर्ता पेशासँगै फुयाल साहित्य लेखन र खेल क्षेत्रलाई अत्यधिक मन पराउँछन् । उनी एक सफल युवा व्यवसायी समेत हुन् । २६ वर्षकै उमेरमा सेफ हेभन इन्भेष्टमेन्ट कम्पनीको अध्यक्ष, जे.एण्ड एस.फुयाल ब्रदर्स इन्टरनेशनलको प्रोपाइटर, फाइनान्सियल एडभाइजर तथा विभिन्न संघ संस्थामा समेत आबद्ध छन् ।

आजभन्दा करिब ९ वर्षअघि डिम्याट (हितग्राही) खाता खोली प्राथमिक बजारमार्फत पूँजी बजारमा प्रवेश गरेका फुयालले बजारको लय, लगानीकर्ताको भावना, देशको राजनीतिक अवस्था तथा धितोपत्र बजारका सक्षम र असक्षम पक्षहरूको अध्ययन गर्दै लगानी गर्दै आएका छन् । उनी सही अध्ययन, धैर्य र अनुशासनका साथ लगानी गर्न सके पूँजी बजारले राम्रो प्रतिफल दिने पनि बताउँछन् ।

समाजका हरेक क्षेत्रबाट सचेत र सक्षम नागरिकको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यतासहित उनले कम्पनीको सञ्चालक समितिमा विभिन्न जेन्डर र पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको जानकारी गराएका छन् ।

युवा उमेरमै नेतृत्वदायी भूमिकामा पुग्न सफल फुयालको यो उपलब्धिलाई पूँजी बजारमा युवाको बढ्दो सक्रियता र सम्भावनाको उदाहरणका रूपमा हेरिएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

युवाहरुलाई नेपालमै बसेर केही गर्न प्रेरित

फुयालले २६ वर्षकै उमेरमा धेरै उपलब्धी हासिल गरिसकेका छन् । नेपालमा रोजगार छैन र विदेश जानुपर्छ भन्ने युवाहरुलाई उनले आफ्नै माटोमा सम्भावना रहेको सुझाव दिन्छन् ।

‘पहिलो कुरा म युवाहरुलाई सपना देख्न होइन, जरा गाड्न सिकाउँछु र विदेश जानु असफलता होइन तर आफ्नै माटोमा सम्भावना देख्नु साहज कुरा हो’ उनले भने, ‘नेपाल कमजोर छैन, हाम्रो दृष्टिकोण कमजोर भएको मात्र हो । जहाँ समस्या धेरै हुन्छ त्यहाँ अवसर पनि हुन्छ भन्ने कुरा बुभ्न जरुरी छ ।’

साथै उनले सफलता पाउनका लागि मान्छेमा धेर्यता हुनुपर्ने कुराको गर्छन् । ‘नेपालमा सफल हुन भाग्य होइन, धेर्य चाहिन्छ । यहाँ रातारात कोही सफल व्यक्ति बन्दैन, तर जो टिक्न सक्छ वा जसले धेर्य गर्छ उ गहिरो हुन्छ’ उनले भने, ‘युवाहरुमा जे गरेपनि सफलता पाउन आत्तिहाल्ने बानि छ, जुनसुकै क्षेत्रमा संघर्ष गर्नुस् ढिलाचाँडो सफलता पाउनुहुनेछ ।’

यसकासाथै सफलता पाउनका लागि असफलतासँग डराउन नहुने उनी सुझाव दिन्छन् । ‘सबैभन्दा पहिला कुनैपनि सेक्टरमा काम गर्दा आलोचना आउँछ, यस्ता आलोचना र समस्यासँगै जुध्दै अघि बढ्न सक्ने दुढता युवाहरुमा हुनुपर्छ’ उनले भने, ‘जब मान्छे असफलतासँग डराउँदैन तब उसलाई सफल बनाउन कसैले पनि रोक्न सक्दैन ।’

‘बजारमा बीमा बिक्री चूनौतीपूर्ण छ तर हार मान्नु हुँदैन’

बीमा अभिकर्ताको काम भनेको बीमितसमक्ष गई बीमाको बारेमा पूर्ण जानकारी दिएर बीमा बेच्नु हो, त्यसैले त अभिकर्तालाई बीमा कम्पनीको मेरुदण्डको संज्ञा दिइन्छ ।

पछिल्लो समय आम मानिसहरुमा बीमाको चेतना भएपनि अभिकर्तालाई बीमा बिक्री गर्न सोचेजस्तो सहज नभएको फुयालको तर्क छ । ‘बजारमा बीमा बेच्नु कागजमा हेर्दा सजिलो देखिन्छ, तर जीवनमा उतार्दा त्यो व्यापार नभई मान्छेको डर, आशा र विश्वाससँग संवाद गर्ने साधना भएकाले साँच्चिकै मान्छेको विश्वास जित्न गाह्रो छ’ उनले भने, ‘मान्छे आजको पेटको चिन्तामा बाँचिरहेको छ, भोलिको अनिश्चिततासँग उसलाई बस्ने फुर्सद छैन, त्यसैले बीमा बेच्नु सोचेजस्तो सजिलो भने छैन किनकी हामी बीमितहरुलाई नदेखिएको जोखिम देखाउन खोजिरहेका हुन्छौं ।’

साथै बजारमा बीमितसमक्ष गई बीमाको जानकार दिन र बीमाको महत्व बुझाउन उत्तिकै चूनौतीपूर्ण रहेको उनको भनाई छ । ‘बीमाबारे बुझाउन अझै कठिन छ, कारण ज्ञानको कमी होइन, अनुभवको अभाव हो । जबसम्म रोगले ढोका ढकढक्याउँदैन, जबसम्म बिपत्तिले बचतको जग हल्लाउँदैन तबसम्म बीमा धेरैलाई फजुल खर्च जस्तो लाग्छ’ उनले भने, ‘मान्छेले पीडा भोगेपछि मात्रै भविष्यको मूल्य बुझ्छ, जीवन बीमाले भविष्यमा हुनसक्ने यस्ता जोखिमको बहन गर्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’

‘बीमा बिलासिता होइन, जिम्मेवारी हो त्यसैले सबैले अनिवार्य बीमा गरौं’

बीमा क्षेत्रको एक वर्ष दौरानमा उनले जीवन बीमाको महत्व निकै बुझिसकेका छन् । अहिले उनी बीमितलाई बीमाको जानकारी दिन र बीमाको महत्वको विषयमा सहजै बुझाउन सक्छन् ।

बीमा विलासिता नभई जिम्मेवारी रहेकाले सबैले अनिवार्य जीवन बीमा गर्नुपर्ने उनी सुझाव दिन्छन् । ‘जीवन बीमा आजको सानो त्याग हो भने भोलिको ठूलो पीडाबाट जोगिन सक्ने माध्यम हो’ उनले भने, ‘बीमा डर बेच्ने प्रणाली होइन, यो डर आउनुअघि नै आत्मबल जोगाउने व्यवस्था भएकाले सबैले बीमा गर्नैपर्छ ।’

भविष्यमा आइपर्ने जोखिम बहन गर्ने हुँदा मावन जीवनमा जीवन बीमा निकै महत्वपूर्ण रहेको उनी तर्क गर्छन् । ‘बीमा पैसा कमाउने उपायभन्दा बढी मानिसले आफ्ना प्रियहरुको आँसु साट्न नपरोस् भनेर बनाएको कवच हो’ उनी भन्छन्, ‘बचत सकिएपछि समाज र आफन्तको ढोका ढकढक्याउनु नपरोस् भनेर परिवारले विपत्तीमा शिक्षा, स्वास्थ्य र सपना नत्यागुन भनेर बीमा गर्ने हो न कि विलासिताको लागि ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.