बुधबार, श्रावण ६,२०८३ 12:49:17
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:49:17
Bizshala
Global IME Bank Limited

आइसिटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने

आइसिटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने
New Office

काठमाण्डौ । नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आसिटि फ्रेम (आईसीटी) ले टेक–एक्ससँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ ।

‘नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस राष्ट्रिय स्तरको प्रतिस्पर्धा शनिबार, २ मे २०२६ मा सम्पन्न हुनेछ । यस पहलले देशभरका स्नातक विद्यार्थी, स्वतन्त्र विकासकर्ता र उदीयमान प्रविधि नेताहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने एक उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस अवार्डको औपचारिक उद्घाटन लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले गरेका हुन् । उद्घाटनका क्रममा उनले आधुनिक शिक्षामा परियोजनामा आधारित सिकाइको महत्त्वमा जोड दिँदै भने, ‘उद्योगका लागि तयार स्नातकहरू उत्पादन गर्न र युवाहरूलाई आत्मविश्वासी प्रविधि नेता बन्न उत्प्रेरित गर्न यस्ता पहलहरू आवश्यक छन् ।’

यस प्रतियोगिताको अवधारणात्मक रूपरेखा साइबर सुरक्षा विज्ञ तथा वान कभर प्रालिका सीईओ चिरञ्जीवी अधिकारीले तयार पारेका हुन् । उनका अनुसार आइटीपीसीले विचारहरूको मूल्याङ्कन योग्यता, प्रभाव र दीर्घकालीन सम्भावनामा आधारित रहेर गर्नेछ, जसले विद्यार्थीलाई कक्षाकोठाको ग्रेडभन्दा बाहिरको व्यावसायिक संसारसँग जोड्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.