काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफामा समेत सुधार आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आव २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार संस्थाले समीक्षा अवधिसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले दोस्रो त्रैमाससम्ममा ८ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ५ करोड ६४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ६ लाख १० हजार रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भको आकार १६.५५ प्रतिशतले बढेर ५ करोड १२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ५४ करोड ४५ लाख र कर्जा प्रवाह २ अर्ब १० करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९५ लाख रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.१३ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)४०.२२ रुपैयाँ,प्रतिसयर नेटवर्थ १५९.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३८.७६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४७.९८ गुणा र तरलता अनुपात ८.७० प्रतिशत रहेको छ ।

