सोमबार, माघ १२,२०८२ 04:50:58
Bizshala
  • सोमबार, माघ १२,२०८२ 04:50:58
Bizshala
Global IME Bank Limited
Bizshala

नाफिजद्वारा सदस्य सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण

नाफिजद्वारा सदस्य सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण
Shivam Cement

 

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सदस्य अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्राप्त भएको दाबी रकम आइतबार सापकोटालाई हस्तान्तरण गरेको हो ।

सापकोटा हाल व्यक्तिगत प्रयोजनका लागि देशबाहिर छन् । उनको व्यक्तिगत खातामा ९२ हजार ७०० रुपैयाँ जम्मा गरिएको नाफिज सचिवालयले जनाएको छ ।

Bizshala
Garima Development Bank
New Office

नाफिजले २०८१ पुस २९ गतेदेखि लागू हुने गरी एक वर्षका लागि आफ्ना २३५ जना सदस्य तथा सल्लाहकारको जनही ७ लाख रुपैयाँका दरले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सामूहिक दुर्घटना बीमा गरेको थियो । सो बीमा अवधिभित्रै अर्थात् गत कात्तिक २९ गते सापकोटाको हात भाँचिएको थियो । त्यसको उपचार खर्चबापत दुई कम्पनीले सो बराबरको बीमा दाबी भुक्तानी दिएका थिए ।

दाबी प्रक्रिया पूरा भएपछि दुवै कम्पनीको तर्फबाट सलिकोले नाफिजको बैंक खातामा बीमा दाबीबापत ९२ हजार ७०० रुपैयाँ भुक्तानी गरेको थियो । नाफिजले आइतबार सोही रकम सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटालाई गत वर्षकै बीमा अन्तर्गत दाबी भुक्तानी दिइएको हो ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नाफिजले गत पुस ३० गतेदेखि लागू हुने गरी नयाँसहित २७४ जना सदस्य तथा सल्लाहकारको पुनः ‘सामूहिक दुर्घटना बीमा’ गरिसकेको छ । जनही ७ लाख रुपैयाँका दरले कुल १९ करोड १८ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । यो बीमाको म्याद आगामी पुस २९ गतेसम्म रहेको छ ।

नाफिज अध्यक्ष मेनुका कार्कीले यो बीमाले नाफिज सदस्यहरूलाई आर्थिक सुरक्षा प्रदान गरेको बताइन् । ‘पत्रकारहरूलाई विभिन्न जोखिम छन् । त्यस्ता जोखिमबाट आउने आर्थिक दायित्वलाई न्यूनीकरण गर्न बीमा आवश्यक छ,’ उनले भनिन्, ‘नाफिजले सदस्यहरूको बीमा गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछ ।’

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.