काठमाण्डौ । ग्लोकल आफ्टर स्कुल प्रालिले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि सहयोगी हुने विश्वास गरिएको छ ।
एक सातासम्म चल्ने यो कार्यक्रममा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत लाई मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने छ ।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दोे सिपप्रतिको महत्व,ब्यापार, सेवा, आधुनिक प्रविधि देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य कार्यक्रमले लिएको छ । यो कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा १५ देखि ३० वर्ष उमेरकाले सहभागीता जनाउन सक्नेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                