बुधबार, असार १०,२०८३ 11:42:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:42:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.२३.६७ अर्ब प्रिमियम, शिखर इन्स्योरेन्सको सर्वाधिक

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.२३.६७ अर्ब प्रिमियम, शिखर इन्स्योरेन्सको सर्वाधिक

काठमाण्डौं । निर्जीवन बीमा कम्पनीहरुले साढे २३ अर्ब रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म १४ निर्जीवन बीमा कम्पनीले २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.३७ प्रतिशत बढी हो । 

गत आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए । सो अवधिसम्म आइपुग्दा राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीको व्यवसाय उल्लेख्य बढेको छ । सबैभन्दा धेरै प्रिमियम कलेक्सन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ व्यवसाय भित्र्याएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.१९ प्रतिशत बढी हो ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अ र्ब ६१ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा २.३४ प्रतिशत मात्रै बढी हो । यसका साथै हिमालयन एभरेष्टले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको तुलनामा हिमालयन एभरेष्टको व्यवसाय ४५.०७ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियरको २.७३ प्रतिशतले बढेको छ ।

त्यस्तै, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६ करोड, एनएलजीले १ अर्ब ८७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड, युनाइटेड अजोडले १ अर्ब ५३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड, सानिमा जिआइसीले १ अर्ब ४२ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.