Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रिमियममा आईपीओ ल्याएका बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रिको सेयर ५.१४% ले गिरावट

Hyundai Nepal
प्रिमियममा आईपीओ ल्याएका बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रिको सेयर ५.१४% ले गिरावट
Nabil Bank Limited

काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमा ३१.४९ अंकको गिरावट आएको छ । 

नेप्से इन्डेक्स २ हजार ९८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा रहेका सबै उपसमूहहरु राताम्य भएका छन् ।

Shivam Cement
Sagarmatha Cement

बीमा समूहका दुई वटै उपसूचक घटेको छ । जीवन बीमा उपसमूह ०.७४ प्रतिशत र निर्जीवन बीमा उपसमूह १.२४ प्रतिशतले घटेको छ ।  

बीमा समूह घट्दा आज ६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । लगातार सर्किट लागेको हिमालयन रिइन्स्योरेन्सको सेयर पनिआज ५.१४ प्रतिशतले घटेर ६४५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेपाल रिइन्स्योरेन्सको सेयरभाउ पनि १.०६ प्रतिशतले घटेर ७३९ रुपैयाँ कायम भएको छ ।  

आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा सन नेपाल लाइफ छ । कम्पनीको सेयरभाउ २.७३ प्रतिशतले बढेर ६०६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, आइएमई लाइफको १.८२ प्रतिशत, सिटिजन लाइफको १.०८ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ नेको इन्स्योरेन्सको ०.८८ प्रतिशत र सलिकोको ०.१३ प्रतिशतले बृद्धि भएको छ ।

जीवन बीमा कम्पनीतर्फ आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्नेमा नेपाललाइफइन्स्योरेन्स रहेको छ ।  

कम्पनीको सेयरभाउआज २.८५ प्रतिशतले घटेर ६२९ रुपैयाँकायम भएको छ । कम्पनीले कुनै खालको लाभांश नबाँड्ने आजमात्रै घोषणा गरेपछि सेयरभाउह्वात्तै घट्न पुगेको हो ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफको २.१३ प्रतिशत, प्रभु महालक्ष्मीलाइफको १.८१ प्रतिशत, नेशनललाइफको १.४८ प्रतिशत, एलआइसी नेपालको १.४३ प्रतिशत, हिमालयन लाइफको ०.५३ प्रतिशत र एशियन लाइफको ०.४० प्रतिशतले घटेको छ ।  

त्यस्तै, निर्जीवन बीमाकम्पनीतर्फ सर्वाधिक सेयरभाउ घट्ने सानिमाजिआइसी रहेको छ । कम्पनीको सेयरभाउ ३.४५ प्रतिशतले घटेर ५४५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियरको २.३४ प्रतिशत, युनाइटेड अजोडको २.३४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.८९ प्रतिशत, आइजीआई प्रुडेन्सियलइन्स्योरेन्सको १.४४ प्रतिशत, एनएलजीको ०.९५ प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै प्रभु इन्स्योरेन्सको ०.८८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.८८ प्रतिशत, हिमालयन एभरेष्टको ०.७६ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.७६ प्रतिशतले बृद्धि भएको छ ।  

आज सर्वाधिक कारोबार हुने बीमा कम्पनीमा हिमालयन रि, नेपाल रि र सन नेपाल लाइफ इन्स्योरेन्स छ । हिमालयन रिको ७८ करोड ६३ लाख, सन नेपाल लाइफको १६ करोड २१ लाख र नेपाल रि इन्स्योरेन्सको १३ करोड २९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.