Bizshala
  • बिहीबार, माघ २९,२०८२ 05:47:15
Bizshala
Global IME Bank Limited
Bizshala

सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकममा पनि सुधार

सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकममा पनि सुधार
Shivam Cement

काठमाण्डौ । निरन्तर ओरालो लागिरहेको सेयरबजार साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३३ प्रतिशत अर्थात ८.९७ अंकले बढेर २ हजार ६७१.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४५६.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर ११ अर्ब १० करोड २५ लाख बढीको सेयर कारोबार भयो । अघिल्ला दिन भने ८ अर्ब ६९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
Garima Development Bank
New Office

आजको बजारबारे बजार जानकार अर्जुन थापाले देशमा चुनाव नजिकिएसँगै सेयर बजारमा सुधार हुँदै जाने बताए । उनले लगानीकर्तामा यसअघि चुनाव नहुने भन्ने चिन्ता व्याप्त भएका कारण केही समयका लागि बजारमा दबाब आएपनि अब भने बजारले बिस्तारै गति लिने विश्वास व्यक्त गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा रातो पोतियो । आज विकास बैंक समूह सर्वाधिक अर्थात १.१८ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३४, फाइनान्स ०.३५, हाईड्रो ०.९७, लगानी ०.६२, जीवन बीमा ०.४९, उत्mपादन तथा प्रशोधन ०.६० र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढ्यो ।    

होटल समूह सर्वाधिक अर्थात १.६५ प्रतिशतले घटेको आज लघुवित्त ०.०१, निर्जीवन ०.१४, अन्य ०.२६ र व्यापार समूह ०.०९ प्रतिशतले घट्यो ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७० करोड ५३ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानल नेपालको ४३ करोड ४२ लाख, रिडी पावरको ४१ करोड ९७ लाख र आँखुखोला जलविद्युतको ३९ करोड ९१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज मध्य भोटेकोशी जलविद्युत र रसुवागढी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै आज खानीखोला हाईड्रोको सेयरमूल्य ७.०२ प्रतिशत, श्रीनगर एग्रीटेकको ६.२९, सान्जेन जलजिद्यूतको ६.१० र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ६.०९ प्रतिशतले बढ्यो ।

कालिञ्चोक दर्शनको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.५९ प्रतिशतले घट्यो । यस्तै रिडी पावरको सेयरमूल्य ३.४७ प्रतिशत, बन्दीपुर केवलकारको ३.४१ र सिंगटी हाईड्रोको सेयरमूल्य ३.३५ प्रतिशतले घट्यो । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.