Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

झिनो अंकले घट्यो बजार,‘राष्ट्र बैंकको नीति बाधक बन्दा बढ्न सकेन लगानी’

Global IME Bank Limited
झिनो अंकले घट्यो बजार,‘राष्ट्र बैंकको नीति बाधक बन्दा बढ्न सकेन लगानी’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा सीमित भएको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३५५.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीका ६४ लाख ८१ हजार ८४३ कित्ता सेयर २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रेम वलि भन्छन्, ‘लगानीकर्ता सरकारबाट नीतिगत निर्णयको प्रतिक्षामा छन् । अहिलेसम्म आश्वासन दिने काम मात्रै भएको छ। कर्जा लिएर ढुक्क भएर लगानी गर्ने वातावरण छैन । त्यसैले लगानीकर्ता राष्ट्र बैंकबाट केहि नीतिगत सुधारको प्रतिक्षामा देखिएका छन् ।’

अर्का बजार जानकार सुमन कुमार रिजाल पनि सरकारले सेयर बजारको समस्या समाधानका लागि सकारात्मक सम्बोधन नगरेसम्म बजारमा सुधार नदेखिने बताउँछन् । उनले राष्ट्र बैंकको नीति बाधक बन्दा पैसा भएका लगानीकर्ताले समेत लगानी गर्न नसिकरहेको बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज लघुवित्त समूहमा सबैभन्दा धेरै अर्थात १.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा समूह ०.५० र म्युचुअल फण्ड समूह ०.३८ प्रतिशतले बढे ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकिङ समूह ०.३५ प्रतिशतले घटेको आज विकास बैंक ०.६३, वित्त ०.६३,होछल ०.१८,हाईड्रो ०.३९,लगानी ०.१८,निर्जीवन बीमा ०.०२,अन्य ०.२७ र व्यापार समूह ०.७४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ३५ प्रतिशतको बम्पर लाभांश घोषणा गरेको सूर्यज्योति लाइफको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २५ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख, गोर्खाज फाइनान्सको ११ करोड ७७ लाख,शिवम् सिमेन्टको ९ करोड ३ लाख र सोनापुर मिनरल्सको ५ करोड ९२ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सकिंट लागेको छ । आज गुँरास लघुवित्त,विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयरमूलय क्रमशः१० ,९.९७ र ९.९१ प्रतिशतले बढेको छ ।  

आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ४.४० प्रतिशतले घटेको छ ।  

त्यस्तै मन्दाकिनी हाईड्रोको सेयरमूल्य ४.०८,बोटलर्स नेपाल(तराई)को ३.७६ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.५९ प्रतिशतले घट्यो ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.