सोमबार, फाल्गुन ११,२०८२ 05:09:04
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 05:09:04
Bizshala
Global IME Bank Limited

भारतको आईडीएफसी फर्स्ट बैंकमा भारु. ५९० करोडको ठगी, सेयर मूल्यमा पहिरो

भारतको आईडीएफसी फर्स्ट बैंकमा भारु. ५९० करोडको ठगी, सेयर मूल्यमा पहिरो
Shivam Cement

काठमाण्डौ । भारतको आईडीएफसी फर्स्ट बैंकको सेयरमूल्यमा पहिरो गएको छ । बैंकको चण्डीगढ शाखामा ५९० करोड भारुको ठगी प्रकरण सार्वजनिक भएपछि बैंकका सेयरमूल्य २० प्रतिशतले घटेर प्रतिकित्ता ६७ भारुमा झरेको छ । ठगी हरियाणा सरकारसँग सम्बन्धित संस्थाहरूको बैंक खातामा अनधिकृत ट्रान्जेक्सन मार्फत भएको बताइएको छ।

ठगीको रकम बैंकको तेस्रो त्रैमासिक नाफा ५०३ करोड भारु भन्दा पनि बढी छ। वित्त मन्त्री निर्मला सीतारमणसँगको संयुक्त पत्रकार सम्मेलनमा आरबीआईका गभर्नर संजय मल्होत्राले भने, ‘हामी यस घटनाक्रममा नजर राख्दैछौं, प्रणालीमा कुनै कमजोरी छैन।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

घटना सार्वजनिक भएलगत्तै आईडीएफसी फर्स्ट बैंकले उक्त शाखाका चार अधिकारीलाई तत्काल निलम्बन गरेको छ। साथै प्रहरीमा उजुरी दर्ता गरिएको छ। अनुसन्धानको लागि स्वतन्त्र फोरेन्सिक इन्भेस्टिगेटरको रूपमा केपीएमजी नियुक्त गरिएको छ।

बैंकलाई हरियाणा सरकारको एक विशेष विभागले आफ्नो खाता बन्द गरी अन्य बैंकमा फन्ड ट्रान्सफर गर्न अनुरोध गरेको थियो। यस क्रममा खाताको ब्यालेन्स र भनिएको रकमबीच अन्तर पाइएको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

गत १८ फेब्रुअरीदेखि अन्य हरियाणा सरकार सम्बन्धित संस्थाहरूले पनि बैंकसँग सम्पर्क गरेका थिए। यस क्रममा पनि ब्यालेन्समा असमानता देखिएको थियो ।

प्रारम्भिक अन्तरिम समीक्षा अनुसार यो प्रकरण केवल चण्डीगढ शाखाबाट सञ्चालन हुने हरियाणा सरकारसँग सम्बन्धित खातासम्म सीमित रहेको छ। यसबाट अन्य ग्राहकहरू प्रभावित छैनन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.