काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात २५.११ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ५ हजार १८१ डलरमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ३.१० प्रतिशत अर्थात २.६६ डलरले बढेको छ । चाँदीको मूल्य यतिबेला प्रतिऔंस ८९.४६ डलरमा कारोबार भईरहेको छ ।

