काठमाण्डौ । इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्ससँग सम्बन्धित फार्स न्युज एजेन्सीले प्रकाशित गरेको एक रिपोर्टमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका छोरी, ज्वाइँ तथा नाति हालै भएका आक्रमणमा मारिएको दाबी गरिएको छ। उक्त रिपोर्टअनुसार खामेनेईकी एक बुहारीको पनि ती आक्रमणमा मृत्यु भएको भनिएको छ।
यसअघि सार्वजनिक भएका केही समाचारमा खामेनेईका ज्वाइँ र बुहारीको मृत्यु भएको उल्लेख गरिएको थियो। तर पछि ती विवरणहरूलाई अस्वीकार गरिएको थियो।
हालसम्म इरानी अधिकारीहरूले आयातोल्लाह अली खामेनेई वा उनका परिवारका सदस्यहरूको मृत्यु सम्बन्धी दाबीको औपचारिक पुष्टि गरेका छैनन्।

