मंगलवार, फाल्गुन २६,२०८२ 12:16:27
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 12:16:27
Bizshala
Global IME Bank Limited

जम्माजम्मी ३ मिनेट कारोबार भएको बजारमा के–के भयो ? कुन समूहको प्रदर्शन कस्तो रह्यो ?

Hyundai Nepal
जम्माजम्मी ३ मिनेट कारोबार भएको बजारमा के–के भयो ? कुन समूहको प्रदर्शन कस्तो रह्यो ?
Shivam Cement

काठमाण्डौ । रास्वपाको एकल र प्रचण्ड बहुमतको सरकार बन्ने भएपछि सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन् । यसैको प्रतिबिम्ब चुनावपछि सोमबार(आज) खुलेको सेयर कारोबार देखिएको छ ।  

चुनावपछि खुलेको बजारमा लगातार तीनवटा पोजिटिभ सर्किट ब्रेकर लगाउनुपर्यो र जम्माजम्मी ३ मिनेट कारोबार गरेर बजार बन्द गर्नुपर्यो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बजार खुलेलगत्तै ४ प्रतिशतले नेप्से बढेपछि सर्किट ब्रेक लगाई नेप्सेले २० मिनेटका लागि कारोबार स्थगन गरेको थियो । त्यसपछि खुलेको बजारमा फेरि अर्को मिनेटमा ५ प्रतिशतले नेप्से बढेपछि दोश्रो सर्किट लाग्यो र कारोबार ४० मिनेटका लागि स्थगित भयो । त्यसपछि खुलेको बजारमा फेरि १ मिनेट नपुग्दै ६ प्रतिशतले नेप्से बढेपछि आजको दिनभरका लागि कारोबार नै निलम्बनमा परेको छ ।  

लगातार तीनवटा सर्किटपछि बन्द भएको सेयर बजार अब भोलि मात्र खुल्नेछ । भोलि(मंगलबार) पनि बजारमा सर्किटहरु लाग्ने धेरैको दाबी छ ।  

सोमबार उछालको गतिमा दौडिएको नेप्से परिसूचक ३ मिनेटको कुल कारोबारमा १६३ अंकले बढेर २८७५ को विन्दूमा पुग्यो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन बजारमा २५३ कम्पनीको सेयर किनबेच भयो, जसमध्ये २५२ कम्पनीको मूल्य उछालको गतिमा बढ्यो भने एउटा कम्पनी रिलायन्स स्पिनिंग मिल्सको मूल्य मात्र घट्न पुग्यो । रिलायन्सको सेयर १० कित्ता कारोबार भयो र मूल्य प्रतिकित्ता १०.२० रुपैयाँले घट्यो ।  

यो तीन मिनेटमा व्यापार समूह सबैभन्दा बढी ७.७३ प्रतिशतले बढ्यो भने लगानी समूहमा ७.०६ प्रतिशतको उछाल देखियो ।  

बैंकिंग समूह पनि ७ प्रतिशतको हाराहारीमै बढ्न पुग्यो । विकास बैंक समूह करिब ६ प्रतिशत, होटल तथा टुरिजम करिब ६ प्रतिशत, जलविद्युत समूह करिब ७ प्रतिशत, जीवन बीमा समूह करिब ५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ५ प्रतिशतभन्दा बढी माइक्रोफाइनान्स ४ प्रतिशत, निर्जीवन बीमा समूह करिब ४ प्रतिशत र अन्य समूह ५.५६ प्रतिशतले बढे ।

यो दिन २४ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा पुग्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.