सोमबार, श्रावण १८,२०८३ 04:36:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:36:11
Bizshala
Global IME Bank Limited

काठमाण्डौ बस्नै नसक्ने प्रदूषित शहर बन्यो, बाहिर निस्किँदा के–के कुरामा ध्यान दिनुपर्छ ?

काठमाण्डौ बस्नै नसक्ने प्रदूषित शहर बन्यो, बाहिर निस्किँदा के–के कुरामा ध्यान दिनुपर्छ ?
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था IQAir का अनुसार सोमबार बिहान करिब ९:४५ बजे काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (AQI) २०५ पुगेको छ, जुन स्तरलाई “Very Unhealthy” अर्थात् अत्यन्त अस्वस्थकर मानिन्छ। PM2.5 कणको मात्रा पनि उच्च देखिएको छ, जसले फोक्सो र मुटुसम्बन्धी रोगको जोखिम बढाउने विज्ञहरू बताउँछन्।

उपत्यकामा बढ्दो सवारीसाधन, धुलो, निर्माण कार्य, उद्योगबाट निस्किने धुवाँ तथा मौसमीय कारणले गर्दा प्रदूषण उच्च भएको वातावरणविद्हरूको भनाइ छ। यस्तो अवस्थामा लामो समयसम्म खुला वातावरणमा बस्दा आँखामा जलन, घाँटी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दम वा मुटुका बिरामीहरू बढी जोखिममा रहने चिकित्सकहरू बताउँछन्।

वायु प्रदूषण अत्यधिक भएको बेला बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्। सामान्य कपडाको मास्कभन्दा N95 वा राम्रो फिल्टर भएको मास्क प्रयोग गर्दा साना प्रदूषित कणबाट केही हदसम्म सुरक्षा मिल्छ। साथै अनावश्यक रूपमा बाहिर लामो समय बस्न नहुने र सकेसम्म घरभित्रै बस्न स्वास्थ्यकर्मीहरूको सुझाव छ।

यसका अतिरिक्त भारी व्यायाम, दौड वा साइकल चलाउने गतिविधि प्रदूषण धेरै भएको बेला नगर्न सल्लाह दिइन्छ। यस्ता गतिविधिले शरीरले बढी हावा तान्ने भएकाले प्रदूषित कण पनि धेरै मात्रामा फोक्सोभित्र पुग्न सक्छ। घरभित्र बस्दा झ्यालढोका बन्द राख्ने, एयर प्युरिफायर प्रयोग गर्ने र पर्याप्त पानी पिउने पनि स्वास्थ्यका लागि उपयोगी हुन्छ।

वातावरणविद्हरूका अनुसार काठमाण्डौको वायु प्रदूषण अब केवल मौसमी समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य संकट को रूपमा देखिन थालेको छ। दीर्घकालीन समाधानका लागि सवारी प्रदूषण नियन्त्रण, धुलो व्यवस्थापन, हरियाली विस्तार तथा उद्योगबाट निस्किने धुवाँमा कडाइ आवश्यक रहेको उनीहरूको भनाइ छ। अहिलेका लागि भने नागरिकहरूले व्यक्तिगत सावधानी अपनाउनु नै स्वास्थ्य जोगाउने मुख्य उपाय बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.