शुक्रबार, श्रावण ८,२०८३ 02:02:38
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 02:02:38
Bizshala
Global IME Bank Limited

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै रु.१५ लाख भ्रष्टाचार !

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै रु.१५ लाख भ्रष्टाचार !
New Office

काठमाण्डौ । अभिनेता राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछाम ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसहित ४ जनाविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।  

अध्यक्ष प्रकाशसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद र आर.जे २४ मिडिया प्रा.लि.का नव इन्द्रेणी फाउन्डेसन काठमाण्डौका अध्यक्ष रामजी लम्साल (रामबहादुर)विरुद्ध मुद्दा दर्ता भएको हो ।  

स्रोतका अनुसार नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष लम्सालसँग आपसी मिलेमतोमा पालिका अध्यक्षले ‘अन्धपथ’ नामक चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धानको आरोप रहेको छ ।  

उनीहरूविरूद्ध प्रतिव्यक्ति १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.