काठमाण्डौ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोध गर्दै देशभर प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले चैत २४ गतेदेखि विभिन्न तहका पार्टी कमिटीमार्फत आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार सो दिन सबै जिल्ला कमिटीले ठूला कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि क्रमशः पालिका, वडा र प्रदेश तहमा कार्यक्रम विस्तार गर्दै अन्ततः राजधानी केन्द्रित प्रदर्शन गरिनेछ।
यस्तै, वैशाख ३ गते वडा स्तरमा भेला र वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने कार्यतालिका तय गरिएको एमालेले जनाएको छ।
यसका साथै वैशाख १२ गते राजधानी काठमाण्डौमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने जनाएको छ ।

