काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
बैठकले आगामी वैशाख ८ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यससम्बन्धी नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमो सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

